logo

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

    1410   पटक पढिएको

९ कात्तिक/अर्थ र व्यापार- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले भने “नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्तो मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन ।”

अध्यक्ष ढकालले नेपालमा अझै धेरै क्षेत्रहरु एक्स्प्लोर गर्न बाँकी रहेको प्रसंग उल्लेख गर्दै भने “यहाँ त हामीले केही गरेकै छैनौँ । जतिधेरै एक्स्प्लोर गर्यो त्यति नै अवसरहरु भेटिन्छन् । ती अवसरहरुलाई सम्भव बनाउन हामी लाग्नुपर्ने अवस्था छ । त्यसैले प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत हो ।”

नेपालमा लगानीका लागि वातावरण नै नभएको भन्ने गरिए पनि त्यो सत्य नभएको भन्दै उनले नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघको पहल र अगुवाईमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० वटा कानुन संशोधन गरिएको, सरकारले निजी क्षेत्रकै संलग्नतामा गठित अर्थतन्त्रको सुधार सम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावहरुको कार्यान्वयन सुरु गरेको, पछिल्लो समय नेपालमा लगानीका सम्भावनाहरुको खोजी स्वदेश तथा विदेशी लगानीकर्ताहरुले गरिरहेको अवस्था रहेको समेत उनले वताए ।

आफूहरुले नेपालमा लगानीको सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न र स्वदेशी पुँजी परिचालन गरेर पनि ठूला लगानीहरु गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि स्वदेशी व्यवसायी तथा गैरआवासीय नेपालीहरुको समेतको संलग्नतामा हालसालै १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरेर काम नै सुरु गरिएको उनले जानकारी दिए ।

नेपालमा हुने वैदेशिक लगानीलाई थप प्रवर्धन गर्न तथा लगानीका लागि आवश्यक पर्न सक्ने समस्याको सहजीकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले एफडिआइ हेल्प डेस्कको स्थापना गरेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।