logo

नाडा अटो शो को १७औं संस्करण सुरु, नीतिगत अस्थिरताको चिन्ता नलिन प्रधानमन्त्री ओली आश्वासन

    566   पटक पढिएको


३ भदौ/अर्थ र व्यापार – काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मंगलबारबाट ‘१७ औं संस्करणको नाडा अटो शो’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । यस नाडा अटो शोमा चारपांग्रे, दुई पांग्रे, तीन पांग्रे र लाइट कमर्सियल सवारीसाधन, लुब्रिकेन्ट्स, हेलमेट्स तथा स्पेयर पाट्र्स बिक्रेताले ७५ वटा स्टल राखेका छन् । बैंक तथा बीमा कम्पनीले पनि अटो शो मा सहभागिता जनाएका छन् ।
नाडा अटो शोमा करिब १५ अर्बदेखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको नाडाले जनाएको छ । व्यवसायीहरुले वर्षभरि गर्ने कूल बिक्रीको ३५ देखि ४० प्रतिशत कारोबार अटो शोमा गर्छन् । बुकिङ भएका ५० प्रतिशत सवारीसाधन बिक्री हुने गरेको तथ्यांक छ ।
नाडाका अध्यक्ष करण चौधरीले यो अटो सो विगतका वर्षहरूमा भन्दा थप विशेष भएको दावी गरे । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले यस अटो शो ले आर्थिक गतिविधि बढाउन ठूलो भूमिका निर्वाह गर्ने बताए । ‘गाडी बुकिङ गर्ने मुख्य थलो भनेकै अटो शो हो । त्यही कारण हामी व्यवसायीले नयाँ मोडलका गाडी ल्याएका छौं,’ श्रेष्ठले भने, ‘अहिले बैंकको ब्याजदर पनि घटिरहेको छ, यसले सवारीसाधन खरिद गर्न चाहनेलाई सहज हुनेछ ।’

नाडा अटो शो मा धेरै नयाँ गाडी स्टलमा प्रदर्शनमा राखिएको छ । ७५ वटा स्टल रहेको यस नाडा अटो शोमा सवारीसाधनका लागि ३० वटा स्टल छुट्याइएको नाडाले जनाएको छ । एक दर्जनभन्दा धेरै नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिएका छन् । चांगन डिपलको एस०५ अटो शोमा देख्न पाइनेछ । यो गाडी केही दिन अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

यसैगरी, बीवाइडीको एटो–२ पनि नाडा अटो शो मा सार्वजनिक गर्ने तयारी छ । गत वर्षसम्म इन्धन गाडीमा मात्रै ध्यान केन्द्रित गरिरहेको सुजुकीले यो पटक आफ्नो पहिलो इभी ईभिटारा उपभोतालाई देखाउँदै छ ।
डोङफेङ नामीको नयाँ मोडल नामी भिगो अर्थात नामी ०६ पनि नाडा अटो शोमा सार्वजनिक हुनेछ । यो गाडी पनि नेपाली बजारका लागि नयाँ मोडल हो ।
यसैगरी, जीलीको ग्यालेक्सी ईएक्स ५ गाडी पनि नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ । दुई पांग्रेमा हिरोले एक्सपल्स २ सय १० र जुम स्कुटर १२५ प्रदर्शनीमा राखिएको छ । जसलाई दुई पांग्रेमा सबैभन्दा धेरै फ्यामिलियर स्टल हुने मानिएको छ । नयाँ ब्रान्डका रुपमा हार्ले डेविडसन बाइक आउनेछ ।
प्रदर्शनी अअवधीभर एक लाखभन्दा बढीले नाडा अटो शो अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा प्रवेश गर्न टिकट शुल्क विद्यार्थीका लागि १५० रुपैयाँ र अन्य व्यक्तिहरुका लागि २०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, क्लासिक कार मन पर्नेहरुका लागि भेन्टेज कार प्रदर्शनीमा राखिएको छ । नाडाले अटो क्षेत्रमा भित्रिएको नयाँ प्रविधिलाई शोकेस गरेको छ । विशेषगरी, फ्युचर मोबिलिटीलाई ध्यानमा राख्दै डिपल फ्लाइङ ट्याक्सी र युनिट्रीको रोबोटलाई प्रदर्शनीको मूख्य आकर्षणको केन्द्र बनाइएको छ ।
नाडा अटो शो मा ग्राहकले फ्युचर मोबिलिटी र नयाँ प्रविधि अनुभूत गर्न पाउने छ्न् । विश्व बजारमा नयाँ प्रविधि कसरी विकास भइरहेको छ भन्नेबारे पनि नाडा अटो शोमा देख्न पाइने सहभागी व्यवसायीको दावी छ ।
नाडा अटो शो उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सरकारले नीतिमा दयाँबायाँ नगर्ने भन्दै निर्धक्क हुन अटो व्यवसायीलाई आग्रह गरे । उनले व्यवसायीलाई सहयोग गर्न सरकार तयार रहेको भन्दै मौद्रिक नीतिले लगानी विस्तारमा सहजीकरण गरेको बताए ।
‘हाम्रा सबै नीति स्थिर छन । नीति सबै व्यवसायीमैत्री नै छन । सरकार तपाइँहरूलाई सहयोग गर्न तयार छ, मौद्रिक नीति अग्रमनको यात्रा अगाडि बढाउने खालको छ,’ उनले भने ।
अहिले सडकदेखि रेलमार्ग निर्माणमा सरकारले काम गरिरहेको छ । सरकारले बनाउने भनेको पूर्वाधार हो, त्यसमा जोड दिएर काम गरिरहेको छ , अब सरकारले डबल लेन बाटो मात्र बनाउँछ , राजमार्गको समस्या छिट्टै समाधान हुनेछ।’

उनले अटो शोमा राखिएको रोबोट र फ्लाइङ कारले इनोभेसनमा लाग्नेहरुलाई हौसला मिल्ने बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारीसाधन खरिदमा लोन टु भ्यालु रेसियो बढाउनुपर्ने बताए । ‘हामी मोबिलिटीको क्षेत्रमा सरकारको सारथि हो । हामीले युवाहरूलाई रोजगारी दिइरहेका छौं, सीप दिने प्रयत्न गरिरहेका छौं। युवालाई आफ्नै देशमा केही गर्न हौसला दिने हाम्रो कोसिस छ,’ उनले भने, ‘मौद्रिक नीतिको आगामी समीक्षाबाट गाडीको फाइनान्स सुविधा सहज बनाउने हाम्रो अपेक्षा छ । यातायात नीति राम्रो आउने अपेक्षा गरेका छौं ।’
राष्ट्र बैंकले गत फागुनमा विद्युतीय किन्न दिइने कर्जाको सीमा ८० बाट ६० प्रतिशतमा झारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।