logo

‘टोयोटा विजय उत्सव’आजबाट,एक्सचेन्ज बोनसदेखि एकवर्षको पूर्ण बीमाको सुविधा

    589   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार – नेपालकालागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ सुरु गरेको छ । बिहीबारदेखि सुरू भएको विजय उत्सव आगामी १८ भदौसम्म संचालन हुने सो कम्पनीले जनाएको छ।
कम्पनीको धुम्बाराही शोरुममा आयोजित कार्यक्रममा आगामी चाडपर्वलाई लक्षित गरेर विभिन्न अफर समेत सार्वजनिक गरेको छ। विजय उत्सवमा ग्राहकका लागि कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था छ । यसैगरी, तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्री रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटको पनि घोषणा गरिएको छ ।
कार्यक्रममा विभिन्न बैंकहरूको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने सो कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी साटेर टोयोटाका नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेन्जरसँग सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने सो कम्पनीको भनाइ छ।
कार्यक्रममा टोयोटाका गाडी चढिरहेका ग्राहकहरूले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड जित्न सक्नेछन्। विजय उत्सवको अर्को आकर्षणका रुपमा दैनिक लक्की ड्र समेत रहेको सो कम्पनीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।