logo

इभीको ऋण मूल्य अनुपातको सीमा घटाइएकामा नाडाको आपत्ति, ८० प्रतिशत नै कायम गर्न माग

    605   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधन (इभी)को ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशतमा झारिएकामा आपत्ति जनाएको छ ।
नाडाले बिहिबार प्रेस विज्ञप्ति जारीगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत इभीको ऋण मूल्य अनुपातको सीमा तल झार्नुलाई ग्रिन इनर्जीलाई प्राथमिकता दिने सरकारको नीतिविपरीतको कदम भनेको छ ।
‘सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको नीतिलाई नै उपेक्षा गरेको देखिन्छ,’ नाडाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय सवारीसाधनको व्यवसायमा लागेका व्यवसायीहरुलाई ठूलो मर्कापर्ने अवस्था सिर्जना भएको छ ।’
नाडाले राष्ट्र बैंकको नीतिबाट विद्युतीय सवारी साधन प्रयोगमा कमी आउने भन्दै ऋण मूल्य अनुपातको सीमा ८० प्रतिशत नै कायम गर्न आग्रह गरेको छ । इन्धन गाडीको ऋण मूल्य अनुपातको सीमा ५० बाट ६० पु¥याइएकामा नाडाले यसलाई सकारात्मक कदम भनेको छ ।
राष्ट्र बैंकले गत १३ फागुनमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा ऋण मूल्य अनुपात इभीको ८० बाट ६० प्रतिशतमा झारेकामा इनधन गाडीको ५० बाट ६० प्रतिशत पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।