logo

नाडा र सीसीपीआईटी–अटो बीच सम्झौता

    674   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चिनियाँ परिषद् (सीसीपीआईटी–अटो) बीच नेपाल–चीन अटोमोबाइल व्यापार प्रर्वधनको सहकार्यका लागि सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणमा गएको नाडा अटोमोबाइल्स एसोसिएसनको प्रतिनिधीले नेपाल–चीन अटोमोबाइल व्यापार र सहकार्य प्रर्वधन गर्न चीनको सीसीपीआर्यटी अटोसँग सम्झौता गरेको हो ।
१७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको भ्रमण दलमा नााडाका अध्यक्ष करण चौधरीसहितको टोली सहभागी छ । सो टोलीले मंगलबार सीसीपीआईटी अटोसँग सो सम्झौता गरेको नाडाले जनाएको छ ।
भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रतीको उपस्थितिमा दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको थियो ।
सो छलफलसँगै नाडा र सीसीआईपी अटोबीच यस साझेदारीपत्रमा हस्ताक्षर भएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब –काउन्सिल (सीसीपीआईटी अटो) ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रर्वधन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ ।
यस सम्झौता अन्तर्गत नाडाले व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखेको जनाएको छ । यसैगरी, सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रर्वधन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिने सम्झौतामा उल्लेख छ ।
यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने नाडाले जनाएको छ । यसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने,दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।