logo

२०० फास्ट चार्जिङ स्टेशन स्थापना गर्दै चिनियाँ कम्पनी हुवावे

    542   पटक पढिएको


२६ जेठ/अर्थ र व्यापार – विद्युतीय गाडीको बिक्रीमा उछाल आएपछि पूर्वाधार निर्माणमा एग्रेसिभ लगानी सुरु भएको छ । चिनियाँ कम्पनी हुवावे र गाडी चार्जरको संयुक्त लगानीमा देशभर दुई सय चार्जिङ स्टेशन निर्माण हुने भएको छ। यो चार्जिङ स्टेशन निर्माणमा सबैभन्दा ठूलो ट्रान्सफर्मर उत्पादक नेपाल इकरात इन्जिनियरिङ कम्पनी(निक) पनि जोडिएको छ ।
तीन कम्पनीको सहकार्यमा निकको कारखाना रहेको हेटौडामा पहिलो चार्जिङ स्टेशन समेत संचालनमा आइसकेको छ । यो चार्जिङ स्टेशन अरु भन्दा द्रुतगतिको छ । एउटा गाडी २५ मिनेटमा चार्ज गर्नमिल्ने ४०० किलोवाटको चार्जिङ हब भएको सो कम्पनीले जनाएको छ । चार्जिङ स्टेसन प्रोजेक्टका सिनियर इन्जियर नितेश श्रेष्ठका अनुसार प्रत्येक चार्जर ८० किलोवाटको सेट गरिएको छ । ती चार्जरको क्षमता १ सय ८० किलोवाटसम्म छ ।
‘५ वटा चार्जरमध्ये ३ वटा चार्जरले डीसी लिएर डीसी करेन्टमै चार्ज दिन्छ । जुन जीबी÷टी टाइप हो भने २ वटा चार्जरले एसी लिएर डीसीमा चार्ज दिन्छ, जुन सीसीएस टु हो,’ उनले भने । जीबीटी विद्युतीय गाडी चार्जिङका लागि चीनले तयार पारेको स्ट्यान्डर्ड हो भएको सो कम्पनीले जनाएको छ ।
इभीका लागि हाल नेपालमा उपलब्ध चार्जिङ स्टेसनहरुको तुलनामा निकले सञ्चालनमा ल्याएको फास्ट चार्जर करिब ५० प्रतिशत छिटो रहेको सो कम्पनीको दाबी छ ।
‘नेपालमा अहिले इन्स्टल भएका चार्जरहरुको क्षमता ३० देखि ६० किलोवाटसम्मको छ । नीकले हुवावे र गाडी चार्जरको सहकार्यमा राखेको चार्जिङ स्टेसन ८० किलोवाट हो,’ प्रोजेक्ट म्यानेजर श्रेष्ठले भने, ‘अहिले सञ्चालनमा आएको फास्ट चार्जर मात्र हो भने हाम्रो सुपर फास्ट चार्जर हो। अहिलेसम्म इन्स्टल भएको चार्जिङ स्टेसन १२५ एम्पीयरको हुन्छ। हामीले सञ्चालनमा ल्याएको यो चार्जरले २ सय ५० एम्पीयरको हो। जसले गर्दा यो चार्जिङ स्टेसन धेरै फास्ट हो।’
चार्जिङ स्टेसनको कुल लागत २ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । चार्जिङ स्टेसनको एच–पोल स्ट्रक्चरमा निर्माण गरिएको छ। जसमा ५०० केभीएको ट्रान्सफर्मरलाई पोल माउन्टेड (पोलमा झुन्डाएर राख्ने) गरिएको छ । जसले ५० प्रतिशत जग्गा क्षेत्रलाई घटाउन मद्दत गर्छ । प्यानल बोर्ड पनि एडप्टर सिस्टमको राखिएको छ । यसले सेवालाई छिटो छरितो बनाउन मद्दत गर्छ । चार्जिङ स्टेसनको उट्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यस्तो उपयोगी सुपर फास्ट चार्जिङ स्टेसनको प्रविधि सबै क्षेत्रमा पु¥याउनुपर्ने बताए ।
नीकका प्रबन्ध निर्देशक कुशकुमार जोशीले जतिसक्यो छिटो चार्ज होस् भन्ने उद्देश्यले सुपर फास्ट चार्जर सञ्चालनमा ल्याएको बताए । ‘अहिले धेरै जसो चार्जिङ स्टेसनमा बत्ती नभएको बेला कुरेर बस्नुपर्ने समस्या छ । तर, हामीले अहिले २सय ४० किलोवाट र २२० किलोवाटको सोलार पनि राखेका छौं। जसले गर्दा हामीकहाँ २४ सै घण्टा चार्ज गर्ने व्यवस्था छ,’ जोशीले भने, ‘हाम्रो उद्देश्य भनेको जतिसक्यो छिटो र २४ सै घण्टा चार्जिङ सेवा उपलब्ध गराउनु हो।’
हुवावे नेपालका डिजिटल डिपार्टमेन्टका प्रमुख जेम्स ज्याङले हुवावेले नेपालमा एडभान्स टेक्नोजीमा काम गरिरहेको भन्दै आगामी दिनमा योभन्दा अझै सुपर फास्ट चार्जिङ हबमा सञ्चानलमा ल्याउने बताए।
‘हामीले नेपालमा एडभान्स टेक्नोजीमा काम गरिरहेका छौं। यो पनि त्यसैको एउटा शृंखला हो,’ ज्याङले भने, ‘ताकि तपाइँले एक कप कफी पिउँदा गाडी चार्ज फुल भइसकेको हुनेछ।’
निकले बुटवल, धनगढी, धार्के र काठमाडौंमा गरि थप ८ वटा यस्तै चार्जिङ स्टेसन छिटै सञ्चालनमा ल्याउने जानकारी कार्यक्रममा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।