logo

नाडा अटो शो सुरु

    699   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो सुरु गरेको छ । नाडा अटो शो को उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् ।
आगामी १६ भदौसम्म सञ्चालन हुने नाडा अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । नाडा अटो शो का संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएको जानकारी दिए ।
लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल रहेका छन् ।
१६ औं संस्करणको नाडा अटो शो हेर्न भृकुटीमण्डपमा गाडी पारखी र किन्न पुग्नेको संख्या बढिरहेको छ । नाडा अटो शोको सुरुवातसँगै छोपिएर राखिएका नयाँ गाडीहरुको ‘कर्टेन’ उठाइएको छ ।
अहिले भृकुटीमण्डपको प्रदर्शनी हल पुगेर गाडी र बाइक बारे बुझ्ने अवलोकनकर्ताहरुको भीड लागेको छ । पाँच दिनसम्म चल्ने अटो शोबाट करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।