नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ ।
सरकारले पूर्वाधार विकास निर्माणका कामहरुलाई तीव्रता दिएको दाबी गरिरहेको क्रममा विगतका वर्षमा झैं यस वर्ष पनि मुलुकको विकास खर्च निराशाजनक नै देखिएको छ ।
सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको छ ।
पछिल्लो समय मुलुकको व्यापार घाटा दैनिक अश्वभाविक रुपमा बढेर थप चुलिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को वितेका ६ महिनाको अवधीमा मुलुकको व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभर निर्माणकालागि ठेक्काको जिम्मा एम–एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।
देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ ।
मुलुकको शोधनान्तर घाटा निरन्तर बढेर थप चुलिँदै गएको छ ।
बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० वर्षसम्म कसैले लिन नआए राष्ट्र बैंकको बैंकिङ कोषमा राख्नुपर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न सम्बन्धीत विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।
अहिले तनहुँमा सञ्चालित विभिन्न उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी रहेको छ ।
पूर्वाधार विकास निर्माणको काम अपेक्षाकृत रूपमा अघि नबढेर कछुवाको गतिमा सीमित भएकोमा स्वयं सरकार र सम्बन्धित सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
संसदीय संसदको सार्वजनिक लेखा समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ ।
पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।
सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो ।
चौतर्फी दबाबपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाय किसानलाई समेत गम्भिर असर पार्ने गरि रसायनिक मलमा झेलगर्नेहरु विरुद्ध कडा कारबाहीको प्रक्रिया थालेको छ ।
सरकारले ७४ जिल्लाका अधिकांश स्थानीय तहमा उच्च गतिको इन्टरनेट सुविधा पु¥याएको छ ।
नेपाल राष्ट्र बैंकले सामान आयातमा कडाई गरेको छ । भारतबाट टीटी र ड्राफ्टबाट हुने आयातमा यस्तो कडाई गरेको हो ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ ।
विगत केही दिनअघि परेको भारि वर्षा र हिमपातका कारण नेपाल चीन जोड्ने रसुवागढी केरुङ र तातोपानी खासाको दुबै व्यापारिक भन्सार नाका अवरुद्ध भएका छन् ।
सिबिफिनका उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन् ।
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अहिले बल्जिएको विधान संशोधनको बिबाद विस्तारै टुंगो लाग्ने भएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न निर्देशन दिएका छन् ।