logo

लगानी बोर्ड र युएनडिपीबीच समझदारी

    1694   पटक पढिएको

९ चैत/अर्थ र व्यापार – साझा हितका क्षेत्रमा सहकार्य गर्ने उदेस्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका हुन । यस समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवद्र्धनमा सहकार्य गर्ने विषय समावेश गरिएको छ ।
नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवद्र्धन गर्दै वित्तीय न्यूनतालाई पूर्तिगरी दिगो विकास लक्ष्य हासिल गर्न यो सहकार्यले सहयोग पु¥याउने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।
परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्याङ्कन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गर्ने विषय समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, विकास गर्न सहकार्य गर्ने लगायतका अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत समझदारीपत्रमा समावेश छ ।
लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस समझदारीले नेपालमा लगानी प्रवर्द्धनमा आशाहरुको सिर्जना गर्ने बताए । जसकालागि बोर्डको आन्तरिक क्षमता बृद्धि गर्ने, लगानीकर्ताका जोखिमहरु न्यूनीकरण गर्ने, अनुमान योग्यता प्रवद्र्धन गर्ने कार्यमा सहयोग आदान प्रदान हुने पक्षमा जोड दिए ।
उनले लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रका रुपमा अघि बढाउन आन्तरिक रुपमा कार्य गरिरहेको बताउँदै एसओपि निर्माण गर्ने, कार्यविधि तय गर्ने कार्यले संगठनात्मक रुपमा परिवर्तन व्यवस्थापन गर्दै अघि बढ्न अत्यन्त सहज हुने आशा व्यक्त गरे ।
यसैगरी, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका एकसय सत्तरी भन्दा बढी देशमा सहकार्य गरिरहेको जानकारी गराउँदै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा लगानी बोर्ड नेपालसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले युएनडिपीले आगामी पाँच वर्षका लागि नेपाल सम्बन्धी रणनीतिक योजना तयार गरिरहेको जानकारी दिँदै शासकीय क्षेत्र, लैङ्गिक क्षेत्र, समावेशी आर्थिक बृद्धि जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्ने उल्लेख गर्दै यसले नेपालजस्तो बिविधता भएको देशमा यसले सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे ।
सो कार्यक्रममा लगानी बोर्डको कार्यालयका सहसचिव भगवान अर्याल लगायत अन्य कर्मचारी एवं परामर्शदाताहरु र युएनडिपी नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।