logo

२४ चैतसम्म माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने निर्माण व्यवसायीको चेतावनी

    1412   पटक पढिएको

१६ चैत /अर्थ र व्यापार – निर्माण व्यवसायीहरूले आगामी २४ चैतसम्ममा आफ्ना माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने भन्दै सरकारलाई एक साताको अल्टिमेटम सहितको चेतावनी दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेला–२०७८ ले गरेको निर्णय सार्वजनिक गर्दै महासंघले आगामी २४ चैतसम्म सरकारले माग पूरा नगरे व्यवसायी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको हो ।
महासंघका अनुसार यस्तो कन्स्ट्रक्सन होलिडेमा निर्माण गतिविधि पूरै रोकिनेछ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, खरिद नियमावलीको ११औँ संशोधनका केही बुँदा, बिमासम्बन्धी जारी गरिएको निर्देशिका लगायतमा असन्तुष्टि जनाउँदै निर्माण व्यवसायीले कन्स्ट्रक्सन होलिडेमा जाने बताएका हुन् ।
खरिद नियमावली तथा बिमा निर्देशिकालगायतमा भएका प्रावधान संशोधन तथा खारेज गर्दै निर्माण सामग्री तथा पेट्रोलियमा भएको मूल्यवृद्धि फिर्तालगायत निर्माण क्षेत्रका अन्य समस्या समाधान गर्नुपर्ने माग निर्माण व्यवसायीको छ ।

कन्स्ट्रक्सन होलिडे सुरु भए निर्माणमा ढिलाइ भएका आयोजनाहरू अझ ढिला हुनेछन् । महासघका अधक्ष्य रवि सिंहले बिटुमिन, नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्यलगायतका निर्माण सामग्री, पेट्रोलियम पदार्थलगायत हरेक वस्तुमा अप्रत्याशित रूपमा बढेको मूल्य नघटाएसम्म कन्स्ट्रक्सन होलिडे मनाउने तयारी गरेको बताए ।
महासंघले १७ चैतमा नेपाल सरकारका मुख्य सचिवलाई, प्रदेश महासंघले प्रदेश प्रमुखको कार्यालय र जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा माग पूरा गर्नका लागि ज्ञापनपत्र बुझाउने तयारी गरिएको पनि उनले बताए छ ।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण कार्यमा समस्या भएको भन्दै निर्माण व्यवसायीले मूल्य समायोजनको माग गरिरहेका छन् । त्यसैगरी, सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनले पनि साना व्यवसायीलाई मारमा पार्ने गरी संशोधन भएको भन्दै निर्माण व्यवसायीहरूले केही बुँदा संशोधनको माग गरिरहेका छन् ।
यसअघि व्यवसायीले देशका ७७ वटै जिल्ला र प्रदेशबाट मूल्यवृद्धिको विरोध गर्दै खरिद नियमावली संशोधनको पनि माग गरिरहेका छन् । खरिद नियमावलीको आपत्तिजनक बुँदामा संशोधन नभए राष्ट्रिय भेलापछि आएका सुझावअनुसार संघर्षका कार्यक्रम अघि बढाउने महासंघलगायतका संघले पनि चेतावनी दिँदै आएका थिए ।
महासंघले सबै ठेक्कामा एक वर्षको म्याद थप्नसमेत आग्रह गरेको छ । महासंघका अधक्ष्य सिंहले नेपाल आयल निगमले इन्धन दिन छोडेको बताए । उनका अनुसार निगमले गाडीमा मात्र इन्धन दिने भनेको छ, हामीलाई गाडीमा हालेको इन्धनले कसरी पुग्छ?,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।