logo

श्रम स्वीकृतिको चाप र हुन्डीमा कडाइले रेमिट्यान्स भित्रिने क्रम बढ्यो

फागुनमै २० अर्बले बृद्धि, ९१ अर्ब रुपैयाँ नाग्यो

    1539   पटक पढिएको

२२ चैत/अर्थ र व्यापार – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले लिएको श्रम स्वीकृतिको चाप र हुन्डीमा कडाइले विभिन्न देसबाट रेमिट्यान्स नेपाल भित्रिने क्रम बढेको छ ।
जसका कारण चालु आर्थिक वर्षको आठौं महिना गत फागुनमा मात्र २० अर्ब रुपैयाँ बृद्धि भई कुल ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आवको वितेका आठ महिनाभित्रमा पनि गत फागुनमा भने यो वर्षकै सर्वाधिक रेमिट्यान्स भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले जानकारि गराए अनुसार चालु आवको सातौं महिना गत माघमा जम्मा ७१ अर्ब रुपैयाँ भित्रिएको रेमिट्यान्स फागुनमा एकैपटक २० अर्ब रुपैयाँले बढेर ९१ अर्ब रुपैयाँ भित्रिएको छ । आगामी आर्थिक वर्षको नयाँ बजेट निर्माण तयारीमा जुटेको मन्त्रालयले सम्बन्धीत सरोकारवाला निकायहरुसँग माग गरेअनुसार सुझाव प्रस्तुत गर्ने क्रममा नेपाल राष्ट्र बैंकका अधिकारीहरूले हाल मुलुकमा रेमिट्यान्स भित्रिने क्रम बढ्न थालेको बताएका थिए । राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार नै अर्थमन्त्रालयले यस्तो जानकारि गराएको हो ।
आन्तरिक रेमिट्यान्समा गरिएको नियन्त्रण, वैदेशिक रोजगारीको क्रममा संस्थागत तथा व्यक्तिगत रुपमा प्रदान गरिने नयाँ श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिनेहरुको संख्या बढ्दै गएको, विदेश गएकाले रेमिट्यान्स पठाउन थालेको र सरकारले हुन्डी कारोबारीलाई थप निगरानीमा राखेर धमाधम पक्राउ गरेकाले चालु आवको वितेका आठ महिना मध्ये गत फागुनमा भने रेमिट्यान्स निकै उत्साहजनक किसिमले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।
एक महिनाको अवधीमै यसरी ह्वात्तै २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिने क्रम बढ्दा भुक्तानी सन्तुलनमा केही राहत हुने अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि गत माघसम्ममा कुल ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कोरोना विश्व महामारिका कारण श्रम गन्तव्यहरू प्रभावित भएर नेपाली कामदार जान नपाएकाले पनि रेमिट्यान्स भित्रिने क्रममा निकै गिरावट आएको थियो ।
गत आर्थिक वर्ष कोभिडका–१९ को रोकथाम तथा नियन्त्रणात्मक गतिविधिले रेमिट्यान्स बढेको थियो । अर्थतन्त्रका सबै क्षेत्रहरू ठप्प हुँदा हुन्डीबाट आउने रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउँदा बढेको बताइएको छ ।
चालू आर्थिक वर्षमा पनि ७० देखि ८० अर्ब रुपैयाँको बीचमा रेमिट्यान्स भित्रिए पनि गत वर्ष धेरै आएकाले घटेको जस्तो देखिएको राष्ट्र बैंकले जनाएको छ । फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेहरुको संख्या २ लाख जनाले बढिरहेको थियो भने पुनःश्रम स्वीकृति लिनेको संख्या २३० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकले रेमिट्यान्सलाई आकर्षित गर्नका लागि मुद्दती निक्षेपमा थप १ प्रतिशत ब्याजदर दिइरहेको छ । मुद्दतीमा १२ प्रतिशतसम्म ब्याजदर पाउने भएपछि अहिले विदेशमा रहेका नेपालीले औपचारिक रुपमा नै रेमिट्यान्स पठाउन आकर्षित भएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । यसैगरी, कोरोना महामारि र युक्रेन–रूस युद्धका कारण हाल अमेरिकी डलरको भाउ बढिरहेकाले यही मौकामा विदेशमा रहेका नेपालीले रेमिट्यान्स बढी बढाएको हुन सक्ने उनीहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।