logo

श्रम स्वीकृतिको चाप र हुन्डीमा कडाइले रेमिट्यान्स भित्रिने क्रम बढ्यो

फागुनमै २० अर्बले बृद्धि, ९१ अर्ब रुपैयाँ नाग्यो

    1198   पटक पढिएको

२२ चैत/अर्थ र व्यापार – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले लिएको श्रम स्वीकृतिको चाप र हुन्डीमा कडाइले विभिन्न देसबाट रेमिट्यान्स नेपाल भित्रिने क्रम बढेको छ ।
जसका कारण चालु आर्थिक वर्षको आठौं महिना गत फागुनमा मात्र २० अर्ब रुपैयाँ बृद्धि भई कुल ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आवको वितेका आठ महिनाभित्रमा पनि गत फागुनमा भने यो वर्षकै सर्वाधिक रेमिट्यान्स भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले जानकारि गराए अनुसार चालु आवको सातौं महिना गत माघमा जम्मा ७१ अर्ब रुपैयाँ भित्रिएको रेमिट्यान्स फागुनमा एकैपटक २० अर्ब रुपैयाँले बढेर ९१ अर्ब रुपैयाँ भित्रिएको छ । आगामी आर्थिक वर्षको नयाँ बजेट निर्माण तयारीमा जुटेको मन्त्रालयले सम्बन्धीत सरोकारवाला निकायहरुसँग माग गरेअनुसार सुझाव प्रस्तुत गर्ने क्रममा नेपाल राष्ट्र बैंकका अधिकारीहरूले हाल मुलुकमा रेमिट्यान्स भित्रिने क्रम बढ्न थालेको बताएका थिए । राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार नै अर्थमन्त्रालयले यस्तो जानकारि गराएको हो ।
आन्तरिक रेमिट्यान्समा गरिएको नियन्त्रण, वैदेशिक रोजगारीको क्रममा संस्थागत तथा व्यक्तिगत रुपमा प्रदान गरिने नयाँ श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिनेहरुको संख्या बढ्दै गएको, विदेश गएकाले रेमिट्यान्स पठाउन थालेको र सरकारले हुन्डी कारोबारीलाई थप निगरानीमा राखेर धमाधम पक्राउ गरेकाले चालु आवको वितेका आठ महिना मध्ये गत फागुनमा भने रेमिट्यान्स निकै उत्साहजनक किसिमले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।
एक महिनाको अवधीमै यसरी ह्वात्तै २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिने क्रम बढ्दा भुक्तानी सन्तुलनमा केही राहत हुने अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि गत माघसम्ममा कुल ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कोरोना विश्व महामारिका कारण श्रम गन्तव्यहरू प्रभावित भएर नेपाली कामदार जान नपाएकाले पनि रेमिट्यान्स भित्रिने क्रममा निकै गिरावट आएको थियो ।
गत आर्थिक वर्ष कोभिडका–१९ को रोकथाम तथा नियन्त्रणात्मक गतिविधिले रेमिट्यान्स बढेको थियो । अर्थतन्त्रका सबै क्षेत्रहरू ठप्प हुँदा हुन्डीबाट आउने रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउँदा बढेको बताइएको छ ।
चालू आर्थिक वर्षमा पनि ७० देखि ८० अर्ब रुपैयाँको बीचमा रेमिट्यान्स भित्रिए पनि गत वर्ष धेरै आएकाले घटेको जस्तो देखिएको राष्ट्र बैंकले जनाएको छ । फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेहरुको संख्या २ लाख जनाले बढिरहेको थियो भने पुनःश्रम स्वीकृति लिनेको संख्या २३० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकले रेमिट्यान्सलाई आकर्षित गर्नका लागि मुद्दती निक्षेपमा थप १ प्रतिशत ब्याजदर दिइरहेको छ । मुद्दतीमा १२ प्रतिशतसम्म ब्याजदर पाउने भएपछि अहिले विदेशमा रहेका नेपालीले औपचारिक रुपमा नै रेमिट्यान्स पठाउन आकर्षित भएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । यसैगरी, कोरोना महामारि र युक्रेन–रूस युद्धका कारण हाल अमेरिकी डलरको भाउ बढिरहेकाले यही मौकामा विदेशमा रहेका नेपालीले रेमिट्यान्स बढी बढाएको हुन सक्ने उनीहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।