हाल बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले झन्डै ६० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा अनाथ बालबालिकाहरुको लागी कामगर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ ।
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः २०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको जनाएको छ ।
हाल सञ्चालित विभिन्न बैंकहरुले निक्षेपमा दिने ब्याजदर घट्ने क्रम बल्ल रोकिएको छ । निरन्तर घटिरहेको ब्याजदर माघमा आएर भने केही हदसम्म यथावत् देखिएको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘ग्रिन क्लाइमेट फन्ड’ (जीसीएफ) बाट मान्यताप्राप्त नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ ।
अब व्यक्तिगतबचत खातामा हुने व्यावसायिक कारोबार शंकास्पद वित्तीय कारोबार हुने भएको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका – ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कूल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्धनमा रहेको गरिमा म्युचुअल फन्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाका एकाइहरूको बाँडफाँट सम्पन्न भएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्वाचित भएका छन् । सीबीफीनको काठमाडौमा सम्पन्न पाँचौ साधारणसभाले सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय सस्थाहरूको निष्क्रिय कर्जा (एनपीए) अझै थपिने देखिएको बताएका छन्।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा छुट हुने भएको छ ।
ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि यस बैंक आफ्नो १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको हो । १८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे ।
प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
नबिल बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा मनोज ज्ञवाली बढुवा भएका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको जनाएको छ।
काठमाडौंको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई ती डेन्टल हस्पिटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । ग्लोबल आईएमई बैंकले उपलब्ध गराएको ऋणबाट लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको सो बैंकले जनाएको छ ।
बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिमा विशेष छुट पाउने भएका छन्। बैंकले एसएम डेन्टलसँग छुटसम्बन्धी समझदारी गरेको जनाएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषकासाथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।