logo

बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै आवाज, नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित भएको दावी

    853   पटक पढिएको


२५ माघ/अर्थ र व्यापार – नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन् ।
संघहरूले बैंकिङ क्षेत्रमा भइरहेको केही अराजक गतिविधि र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनीहरूका अनुसार नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी तथा अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तहरूको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् । यसैगरी, यी संस्थाहरू जोखिम बहन गर्ने पर्याप्त क्षमताका साथ सुरक्षित रहेको यि संघहरूको दाबी छ।
प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षित रहेको संघहरूले स्मरण गराएका छन् । संघहरूले आम नागरिकलाई सामाजिक सञ्जालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति ध्यान नदिन आग्रह गर्दै केवल सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रूपमा लिन अनुरोध गरेका छन् ।
यसैगरी, बैंकिङ क्षेत्रमा त्रास फैलाउने, गलत अभिव्यक्ति दिने, र ग्राहकलाई बैंकिङ सेवा प्रयोगबाट वञ्चित गराउने कार्यप्रति कडा कानूनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ । यसैगरी, बैंकिङ क्षेत्रमा विश्वास कायम राख्न सहयोग गर्ने सञ्चार माध्यम तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै संघहरूले आगामी दिनमा अझ सुदृढ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।