logo

दोस्रो त्रैमासमा विभिन्न वाणिज्य बैंकहरु मध्ये ११ वटाको नाफा बढ्यो, ९ वटाको घट्यो

नबिल बैंकको नाफा सबैभन्दा धेरै

    766   पटक पढिएको



७ माघ/अर्थ र व्यापार – हाल सञ्चालित विभिन्न वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो विवरण अनुसार विभिन्न बैंकहरु मध्ये ११ वटा वाणिज्य बैंकहरुले नाफा वृद्धि गर्न सफल भएका छन् । अन्य बाँकी ९ वटा बैंकहरुको नाफा घट्दा समग्रमा वाणिज्य बैंक क्षेत्रको नाफामा केही गिरावट आएको देखिएको छ ।
नबिल बैंकले पुस मसान्तसम्ममा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्दै सबैभन्दा बढी नाफा गर्ने बैंक बन्न सफल भएको छ । यसको नाफा गत वर्षको तुलनामा १.२९ प्रतिशतले मात्र बढेको हो ।
यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरि दोस्रो स्थानमा रहेको छ । सो बैंकको नाफा गत वर्षको तुलनामा ४९.५१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ५७ दशमलब १८ प्रतिशतले बढी हो ।
एभरेस्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्दै गत वर्षको तुलनामा २१.११ प्रतिशतले सुधार गरेको छ । त्यसैगर,ि एनएमबि बैंकको नाफा २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा पुगेको छ । जुन गत वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढी हो । प्राइम कमर्शियल बैंकले भने १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो १४.३४ प्रतिशतले घटेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यस बैंकको नाफा गत वर्षको तुलनामा ४ दशमबल ९७ प्रतिशतले घटेको छ । हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ०.९८ प्रतिशतले सुधार गरेको छ । प्रभु बैंकले भने सबैभन्दा धेरै ८५.४९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ कमाएको छ।

सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो ४.७२ प्रतिशतले वृद्धि भएको हो । लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ । यो ९.७१ प्रतिशतले वृद्धि भएको हो ।
कृषि विकास बैंकको नाफा भने ९५ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जुन २९.३५ प्रतिशतले कम हो ।
नेपाल एसबीआई बैंकले ९० करोड २८ लाख रुपैयाँ नाफा आर्जन गर्दै ७.११ प्रतिशतको सुधार गरेको छ । माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, । सो गत वर्षको तुलनामा झिनो अंक मात्रै बढी हो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जुन ६२.१४ प्रतिशतले घटेको छ । सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख रुपैयाँमा झरेको छ, जुन १५.४५ प्रतिशतले न्युन हो । सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा कमाउँदै गत वर्षको तुलनामा ५३.३६ प्रतिशतले गिरावट देखिएको छ ।
नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २१.८७ प्रतिशतले कम हो । कुमारी बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा झरेको छ, जुन ६८.०२ प्रतिशतले कम हो । समिक्षा अवधीमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक एनआईसी एशिया बैंक रहेको छ । यस बैंकको १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ९२.०३ प्रतिशतले नाफा घटेको छ ।
पुस मसान्तसम्ममा अर्ब क्लबमा ११ बैंक रहेका छन् । तीमध्ये दुई बैंकले ३ अर्बभन्दा बढी नाफा गरेका छन् भने तीन बैंकले २ अर्बभन्दा बढी नाफा गरेका छन् । बाँकी ६ बैंकको नाफा १ अर्बभन्दा बढी रहेको छ ।
यस अवधिमा बैंकहरुको कुल खुद नाफा गत वर्षको तुलनामा ४.६२ प्रतिशतले घटेर २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।