logo

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बन्यो ‘जीसीएफ’ मान्यताप्राप्त पहिलो वाणिज्य बैंक

    477   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘ग्रिन क्लाइमेट फन्ड’ (जीसीएफ) बाट मान्यताप्राप्त नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ । एनआईएमबीले ५ करोडदेखि २५ करोड रुपैयाँसम्म अमेरिकी डलरसम्मका मध्यम आकार वर्गका जलवायु वित्त परियोजना व्यवस्थापन गर्न सक्षम वाणिज्य बैंकको मान्यता पाएको हो । जीसीएफ जलवायु कार्यका लागि संसारकै सबैभन्दा ठूलो जलवायु प्रतिबद्ध कोष हो ।
‘जीसीएफबाट मान्यताबाट सम्मानित हुन पाउँदा खुसी छौं,’ एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले भने, ‘यो सम्मानले जलवायु परिवर्तन सम्बन्धी बैंकका नवीनतम र रूपान्तरणकारी परियोजनामा थप लगानी गर्न प्रेरित गरेको छ ।’
एनआईएमबीले हाल २ सय ७२ शाखा, ८१ शाखा रहित, २ सय ६६ एटीएम र ६५ एक्स्टेन्सन काउन्टर मार्फत ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।