logo

सीबीफीनको अध्यक्षमा पुनः पौड्याल

    673   पटक पढिएको


२१ पुस/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्वाचित भएका छन् । सीबीफीनको काठमाडौमा सम्पन्न पाँचौ साधारणसभाले सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जसअनुसार सीबीफीन कार्यसमितिका १७ मध्ये १६ जना सर्वसम्मत भएका हुन् । पौड्याल यसअघि पनि परिसंघको अध्यक्ष थिए ।
सोही निर्वाचन सहितको साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् । उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत भएका हुन् ।
सर्वसम्मत भएका अन्य पदहरुमा कोषाध्यक्षमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सहकोषाध्यक्षमा गोरखा फाइनान्सका गौरव बुढाथोकी सर्वसम्मत भएका छन् ।
सचिवमा भने निर्वाचन भएको थियो । सो पदका लागि शाइन रेसुङा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलकाबीचमा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा शाइन रेसुङाका पौडेलले ३२ मत ल्याएर जित हासिल गरे भने गोयलले जम्मा २३ मत प्राप्त गरेका थिए । कुल ७६ मतदाता रहेको परिसंघमा ५५ जनाले मात्र मतदान गरेका थिए ।
सदस्यहरुमा कुमारी बैंकका राजाराम खड्का, एभरेष्ट बैंकका बालगोपाल वैद्य, प्रभु बैंकका लिलाप्रकाश सिटौला, एनएमबी बैंकका मनोजकुमार गोयल, नेपाल बैंकका चन्द्रबहादुर अधिकारी, ग्लोबल आईएमई बैंकका राधेश पन्त, लक्ष्मी सनराइज बैंकका रमण नेपाल, कामना सेवा विकास बैंकका सुदीप आचार्य, लुम्बिनी विकास बैंकका चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्सका लक्ष्मीप्रसाद महर्जन सर्वसम्मत निर्वाचित भएका हुन् । सिवफिन नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।