logo

टिभिएस मोटर कम्पनीद्वारा नयाँ वर्षमा ‘सात छ हाम्रो’ अफर सार्वजनिक

    2713   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - नयाँवर्षको अवसरमा टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ । नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकमाझ ल्याएको हो । हरेक दुईपांग्रे सवारी प्रेमीको एकमात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसका ‘सात छ हाम्रो’ अभियान टिभिएसले दुई वर्षअघि परिचित गराएको थियो । यसमार्फत टिभिएस आफ्नो ग्राहकको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।

सोमबारबाट सुरु भएको अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजारको स्योर सट नगद छुटको व्यवस्था गरेको छ । यस अफरले स्क्र्याच कुपनको झन्झट हटाई ग्राहकको सजिलोको लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । २०७६ वैशाख मसान्तसम्म उक्त अफर लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

टिभिएसले आफ्नो सात भिन्ना भिन्नै सिसीका उत्पादनमा पाँच वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, एकघन्टे एक्सप्रेस सेवा लगायत अन्य विभिन्न सेवाका फाइदा दिँदै आएको जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।