logo

‘द अल न्यू स्यान्ट्रो’ भ्यालेन्टाइन डेदेखि नेपाली बजारमा ल्याइने

    2918   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - भ्यालेन्टाइन डेको अवसर पारेर हुन्डाइ गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘स्यान्ट्रो’ गाडीको नयाँ संस्करण ‘द अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार यो गाडीको सुरुवाती मूल्य २४ लाख रुपैयाँ छ । २७ लाख रुपैयाँसम्म यसको मूल्य पर्छ ।

म्यानुअल गियर सिस्टम जडान गरिएको द अल न्यू सेन्ट्रो पुरानो संस्करणको तुलनामा थप आरामदायी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडीमा पाँचवटा गियर छन् । चालक र यात्रुलाई आरामदायी बनाउनका लागि सीट लगायतका संरचना थप फराकिलो बनाइएको छ । गाडीको अगाडि भागमा फग ल्याम्प जडान गरिएको छ भने गाडीमा हाइ मौन्टेड ‘स्टप ल्याम्प’ मा पाँचवटा वल्ब जडान गरिएको कारण चालकले ब्रेक लगाउँदा पछाडिका सवारीचालकले छिट्टै थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

‘किलेस इन्ट्रि’ सुविधा रहेको गाडीमा प्रवेश गर्दा सवारीधनीले चाबीमा रहेको बटन क्लिक गरेकै भरमा ढोका खोल्न सक्नेछन् । गाडीको ढोका खोल्नका लागि राखिएको ‘डोर ह्याण्डल’ को रङ र गाडीको रङ एउटै भएको कारण यसले ग्राहकलाई थप आकर्षि गर्ने कम्पनीको दाबी छ । अघिल्लो भागमा समावेश गरिएको ‘जेड’ आकारले गाडीलाई स्पोर्टेज र डाइनामिक लुक्स दिइएको छ । मोड्न अथवा पार्किङ सहज बनाउनका लागि गाडीमा ‘थ्री सिक्स्टी डीग्री’ जुम इन र आउटको व्यवस्था राखिएको छ । प्रविधीमैत्री रहेको गाडीमा अडियो रिमोट कन्ट्रोलका लागि एण्ड्रोइड अटो सहितको आइब्लु स्मार्ट फोन एप र एप्पल कारप्ले सुविधा जडान गरिएको छ । यसका लागि १७.६४ सेन्टिमिटरको टच स्क्रिन जडान गरिएको कम्पनीले जनाएको छ । 

१.१ लिटर पेट्रोल इन्जिनयुक्त गाडीमा १०.१ केजीरएम को टर्कपावर र ४५ सय आरपीएम ’रिभोलुसन पर मिनेट’ जडान गरिएको छ । चारवटा सिलिण्डर र १२ वटा भल्भ जडान गरिएको न्यु स्यान्ट्रोको अगाडि डिस्क ब्रेक र पछिल्लो भागमा ड्रम ब्रेक जडान गरिएको छ । गाडीमा ३५ लिटर क्षमताको ट्यांकी जडान गरिएको छ । हाइ स्ट्रेन्थ स्टिल जडान गरिएको गाडी सुरक्षाको हिसाबले मजबुत रहेको कम्पनीको दाबी छ । यात्रु र गाडीको सुरक्षालाई मध्यनजर गर्दै गाडीमा रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामरा जडान गरिएको छ भने स्पीड सेन्सी अटोडोर लक अनलक सिस्टम जडान गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।