logo

टाटाको अल न्यू टिगोर नेपालमा

    2869   पटक पढिएको

१६ मंसिर/ अर्थ र व्यापार-  टाटाले नेपालमा ‘अल न्यू टिगोर’लाई भित्र्याएको छ । विभिन्न नयाँ फिचर्ससहित यो गाडी अझै मुस्कलर र हेभी फिर्चसयुक्त भएर आएको छ । टाटाले टिगोरबाट प्राप्त प्रतिक्रियाहरुलाई समेट्दै आफ्ना ग्राहकका लागि अझ परिस्कृत रुपमा अल न्यू टिगोरलाई नेपाल भित्र्याएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आइतबार नै यसलाई नेपालमा औपचारिक बिक्री शुभारम्भ गर्दैछ ।

कम्पनीका अनुसार नयाँ टिगोर निकै सुविधा सम्पन्न, आकर्षक, आरामदायी र अझै सानदार भएर आएको छ । सयका थप गरिएका सुविधा र फिचर्सहरुले ग्राहकलाई  आकषिर्त गर्ने विश्वास कम्पनीलाई छ । यसको ‘आउट लुक’ अहिले निकै दमदार देखिएको छ । नयाँ टिगोरमा डायमन्ड फ्रन्ट ग्रिल राखिएको छ । यसमा ‘ब्रेक फ्रि कप लाइक रुफलाइनको फिचर्स पनि थपिएको छ । एलोय ह्वीलमा डुअल टोन राखिएको छ । नयाा टिगोरमा पियानो ब्ल्याक सार्क फिन एन्टेना राखिएको छ । यसमा उच्च माउन्टडेड स्टप ल्याम्प पनि जोडिएको छ ।

नयाँ टिगोरमा क्रस्टिलबाट प्रभावित भएको एलईडी ल्याम्प पनि राखिएको छ । यस्तै डुअल च्याम्बर्ड प्रोजेक्टर हेडल्याम्पलाई यसलाई अझ स्तरीय बनाएको छ । जसामा स्पार्क्लिंग क्रमि फिनिस दिइएको छ ।

सुरक्षाका मामिलामा पनि यो कार अब्ब्ल भएर आएको छ । बेस अप्सनदेखि नै डुअल एयरब्यागको सुविधा राखिएको छ । जसमा स्टान्डर्ड फिर लोड गरिएको छ । यसको आर्किटेक्चरलाई रिलायबल बनाइएको छ । नयाँ टिगोरमा हाई क्वालिटीको ८ स्पीकर सिस्टम जोडिएका छन् । नयाँ टिगोरमा एबीएस विद ईबीडी एउड सीएससी फिचर्स पनि छ । आधुनिक टिगोरमा पहिलो रहेको ५ इन्चको टचस्क्रीन बोर्डलाई अझै ठूलो बनाएर ७ इन्चमा विस्तार गरिएको छ । यसमा हार्मन कम्पनीको इन्फोटेन्मेन्ट सिस्टम छ । जसमा एन्ड्रोइड अटोको सिस्टम पनि छ ।

कम्र्फटमा पनि टिगोर अझ अब्बल भएर आएको छ । यसमा ४१९ लिटरको बुट स्पेश छ यो कम्प्याक्ट सेडानहरुकै सबैभन्दा ठूलो बुट स्पेश हो । यसमा अटो फोल्ड आउट साइड मिरर पनि दिइएको छ । यसको इन्टेरियरलाई अझ सुन्दर र आरामदायी बनाइएको छ । यसमा ब्ल्याक र खैरो कलरको इन्टेरियर थिम छ । यसमा लेदर सिट जोडिएको छ । जुन निकै आरामदायी छ ।
यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छ । विभिन्न ४ पेट्रोल भेरियन्टमा उपलब्ध टिगोरमा मेनुअल ट्रान्समिसन छ । यसको मूल्य नेपाली बजारमा २७ देखि ३४ लाखसम्म छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।