logo

नाडाले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने, नाडालाई राजधानीमा मात्र सीमित गरिएको उपाध्यक्ष ढकालको आरोप

    2961   पटक पढिएको

२२ पुस /अर्थ र व्यापार - नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने भएको छ । हालसम्म काठमाडौं उपत्यकामा मात्र सीमित नाडाले आफ्नो विधानमा परिवर्तन गरी देशव्यापी हुने जनाएको हो । नाडाका उपाध्यक्ष प्रकाश कपुरीले विधानमा संशोधन गरेर मुलुकका अन्य शहरमा रहेका अटोमाबाइल डिलर्सका सङ्घसंस्थालाई पनि नाडामा समाहित गर्ने बताए । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन (माडा) को १२औँ साधारण सभा तथा छैठौँ महाधिवेशनको उद्घाटन समारोहमा उपाध्यक्ष कपुरीले सात वटै प्रदेशलाई समेट्ने गरी नाडाको विधान संशोधन भइरहेको जानकारी दिए ।

यसअघि माडाका पूर्व अध्यक्ष हरिकृष्ण ढकालले नाडाका पदाधिकारीले नै बाहिरका व्यवसायी र तिनका सङ्घसंस्थालाई नियतवश नाडामा समाहित हुन नदिएको आरोप लगाए । बाहिरका सङ्घसंस्था र व्यवसायी नाडामा आए भने आफ्नो हालीमुहाली सकिन्छ भनेर नाडालाई राजधानीमा मात्र सीमित गरिएको उपाध्यक्ष ढकालको आरोप थियो ।

उनले मोरङमा अटोमोबाइल्सका डिलरहरू ८५ वटा रहेको जानकारी दिँदै सबै डिलर नाडामा मतदाता हुन पाउनुपर्ने आग्रह गरे ।  नाडाका पदाधिकारीले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई भेटेर विभिन्न सामानको मूल्याङ्कन र तिर्नुपर्ने राजस्वलाइ आफूअनुकूल मात्र निर्धारण गराउने गरेको दाबी गर्दै  हरिकृष्णले यसबाट राजधानी बाहिरका व्यवसायी मारमा परेको गुनासो गरे ।

उनले नाडा राष्ट्रिय स्तरको सङ्गठन होइन र हुनै सक्तैन भन्ने अडान प्रस्तुत गर्दै जिल्ला–जिल्लाबाट गएका प्रतिनिधिले चुनेको सङ्गठनले मात्र आफूलाई राष्ट्रिय स्तरको भन्न सुहाउने तर्क गरे । मोरङ व्यापार सङ्घका उपाध्यक्ष सुशील जोशीले अटोमोबाइल व्यवसायीलाई सरकारले चोरको दृष्टिले हेर्ने गरेको उल्लेख गर्दै देशभित्र बिना प्रज्ञापनपत्र ढुवानी गरिएको थोरै परिमाणको सामान पनि बरामद गर्ने नियम हटाउनु पर्ने माग गरे ।

मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सचिव सञ्जय श्रेष्ठले भन्सार कार्यालयले बिल अफ एक्स्पोर्ट र जिएसटी बिल भएको मालसामानको पनि आफूखुशी मूल्याङ्कन गरिरहेको टिप्पणी गरे । अधिवेशनले सुवास आचार्यका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा किरण भट्टराई, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा डिलु आचार्य र सहसचिवमा मनोजविक्रम शाह चुनिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।