logo

स्वरोजगार बन्न चाहनेको रोजाईमा महिन्द्रा बोलेरो, असोजमा मात्रै ३०० बढी बिक्री

    3330   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको लागी गरेको लकडाउन तथा आवतजावतमा लगाएको बन्दाबन्दी खुकुलो भएसंगै नेपालमा महिन्द्रा बोलेरोको माग उच्च भएको छ ।  

असोज महिनामा मात्रै महिन्द्राको तीन सय बोलेरो पिकअप बिक्री गरेको महिन्द्राको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ । 

कम्पनीका महाप्रबन्धक वरदान बस्नेतले भदौ र असोजको डिमान्ड एकैपटक आउँदा आपूर्तिमा चाप परेको बताए । उनले बन्दाबन्दीका कारण भदौमा खरिद गर्न चाहेका उपभोक्ता समेत असोजमा आएका कारण डिमाण्ड बढेको बताए । 

महाप्रबन्धक बस्नेतका अनुसार कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीबाट फर्किएका स्वरोजगार बन्न चाहनेले किनेकाले पनि एकैचोटी माग बढेको हुनसक्ने बताए । उनले यस अवधिमा बैंकले समेत सस्तो ब्याज दरमा ऋण दिएकाले पनि गाडी किन्न सहज भएको बताए ।

नेपालको ग्रामीण क्षेत्रमा बोलेरो गाडीको माग उच्च रहेको छ । नयाँ ट्रयाक खुल्नेबित्तिकै त्यहाँ हुने सामान ढुवानी र यात्रु ओसारपसारका लागि बोलेरो उपयोगी भएका कारणले पनि माग बढेको हो । पहाडमा डबल क्याब पिकअप किन्ने धेरैजसो स्वरोजगार मजदुर रहेका छन् ।

महिन्द्रा बोलेराको पावर, भारवहन क्षमता बिशेष गरि अफ रोडलाई लक्षित गरेरै बनाइएको हुन्छ । बोलेराकोे १२ सय ५० किलो देखि १५ सय किलोसम्म तौल बोक्ने क्षमता छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।