logo

जनवरी १ देखि भारतिय अटो कम्पनीहरुले कारको मूल्य बढाउने तयारी, प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्ने

    2924   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार  - भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । भारत सरकारले लागू गरेको नयाँ नियमका कारण सवारी साधनको मूल्य वृद्धि हुन लागेको हो ।

विशेष गरी विलासी सवारी साधनको रुपमा मानिएको कारको मूल्य वृद्धि हुन लागेको छ । १ जनवरीदेखि अटो कम्पनीहरुले कारको मूल्य बढाउने तयारी गरेका छन् । सो बारेमा यस अघि नै जानकारी गराइएको थियो । त्यसमा टाटा मोटर्स, मारुती, निशान, फोर्ड, टोयटा र बिएमडब्ल्यू जस्ता कम्पनीले आफूले उत्पादन गर्ने सवारी साधानको मूल्य बढाउने तयारी गरेका छन् ।

टाटा मोटर्सले त सबै यात्रु वहान सवारी साधानको मूल्य ४० हजार भारतीय रुपैयाँले वृद्धि गर्ने घोषणा यसअघि नै गरेको छ । नेपालमा आयात हुने सवारी साधानको मूल्यमा समेत त्यसले प्रभाव पार्नेछ । भारतमा नै सवारी साधानको मूल्य बढेपछि नेपालमा त्यसको असर पर्नु स्वभाविक जस्तै हो । यस्तै भारतमा सवारी साधन दुर्घटनाको बीमा रकममा समेत वृद्धि हुनेछ । नयाँ व्यवस्थाअनुसार अब १५ लाख भारतीय मुद्रा हुनेछ । सवारी साधन धनी तथा ड्राइभरको निधन भएमा उनका परिवारले उक्त बीमा रकम प्राप्त गर्नेछन् । नयाँ नियमअनुसार अब सवारी साधानको बीमाका लागि ७५० भारतीय रुपैयाँको प्रिमियम तिर्नुपर्नेछ ।

सबै सवारी साधनमा एउटै बीमा तय गरिएको छ । कम्पनीले चाहेको खण्डमा बढी प्रिमियम तिरेर १५ लाख भन्दा बढीको कभर समेत  सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।