logo

इभी चार्जिङ स्टेसनमा लगानी बढाउँदै भारत सरकार, ८ अर्ब लगानीमा ७ हजारबढी स्टेशन थपिने

    843   पटक पढिएको


१० साउन/अर्थ र व्यापार – भारत सरकारले इभीका लागि चार्जिङ स्टेसनमा लगानी बढाएको छ। उसले राष्ट्रिय राजमार्गमा विद्युतीय चार्जिङ स्टेसनको संख्या ५ हजार २९३ पु¥याएको छ ।
प्रायः पुराना पेट्रोल पम्पमा नै बनाइएको चार्जिङ स्टेसनमा भारत सरकारले करिब १७८ करोड रुपैयाँ लगानी गरेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै ७५०, उत्तर प्रदेशमा ५७७, राजस्थानमा ४८२, तमिलनाडुमा ३६९, कर्नाटकमा ३०० र हरियाणामा २८४ वटा इभी चार्जिङ स्टेसन छन्।
सडक यातायात तथा राजमार्ग मन्त्रालयका अनुसार थप ७ हजार ४३२ चार्जिङ स्टेसन बनाइँदैछ। तीमध्ये ५ हजार ८३३ स्टेसन राजमार्गमा हुनेछन्। विद्युतीय सवारीसाधनतर्फ आकर्षण बढाउन भारत सरकारले चार्जिङ स्टेसनलाई प्राथमिकतामा राखेको हो।
सडक यातायात र राजमार्गमन्त्री नितिन गडकरीले ७ हजार ४३२ चार्जिङ स्टेसन बनाउन तीनवटा सरकारी तेल वितरण कम्पनीलाई ८०० करोड रुपैयाँ पुँजी सहायता दिइने बताएका छन्।
नेपालमा भने सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म ५१ वटा मात्रै चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । हाल करिब ३०० वटा चार्जिङ स्टेसन रहेकामा अढाइ सय चार्जिङ स्टेसन निजी कम्पनीले बनाएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।