logo

अटो व्यवसायीलाई अर्थमन्त्री पौडेलले भने: मौद्रिक नीति निजी क्षेत्रले सोचेभन्दा राम्रो आउँछ

    803   पटक पढिएको


३ असार/अर्थ र व्यापार – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षकालागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति निजी क्षेत्रले सोचेभन्दा राम्रो आउने बताएका छन्।
सवारी साधन कारोबारमा संलग्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को व्यवसायी प्रतिनिधीलाई अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले यसपालीको मौद्रिक नीति निजी क्षेत्रलाई सहयोग गर्नेगरी आउने बताए ।
मौद्रिक नीति निजी क्षेत्रले सोचेन्दा राम्रो आउँछ । यसमा ढुक्क भए हुन्छ। तपाई् व्यवसायीहरुले अब उच्च मनोबलका साथ लगानी विस्तारको योजना बनाए हुन्छ,’ अर्थमन्त्री पौडेललाई उद्यृत गर्दै नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले भने, ‘गभर्नर र मेरो ट्युनिङ मिल्छ। त्यसैले मौद्रिक नीतिबारे तपाईंहरुले शंका गरिरहनु पर्दैन।’
नाडाको व्यवसायी प्रतिनिधी टोली अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेको थियो । मन्त्री पौडेलसामु नाडाको व्यवसायी टोलीले सवारी साधनको लोन टु भ्यालु रेसियो ५० बाट ७५ प्रतिशत पु¥याउन माग गरेका थिए । अहिले नेपाल राष्ट्र बैंक मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।