logo

भित्रिएका ईभी गाडीको पुनः परिक्षण हुने, किलोवाट घटाएको आशंका

    545   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – भन्सार विभागले कम किलोवाट देखाएर विद्युतीय गाडी (ईभी) प्रवेश गराएको आशंका गरेको छ । बाहिरबाट नेपाल भित्रिएका विद्युतीय गाडीको पुनः परिक्षण गर्न भन्दै भन्सार कार्यालयहरुलाई पत्राचार गरेको हो ।
विभागले सय किलोवाट भन्दा माथिका ईभी गाडीहरु ९९ किलोवाट लेखाएर भन्सार गरेको संकेत गरेको छ । भन्सार जाँचपासमा किलोवाट छलि मार्फत राजस्व चुहावट भएको निष्कर्ष निकाल्दै विभागले थप महसुल असुल गर्न र भविष्यमा जाँचपास गर्दा उच्च सर्तकता साथ जाँचपास गर्न मातहत सबै कार्यालयहरुलाई पत्राचार भएको छ ।
भन्सार विभागका अनुसार विद्युतीय गाडीहरु भित्रिने मुख्य भन्सार कार्यालयहरुमा पत्राचार भैरहेको छ ।

विभागका एक अधिकारी भन्छन्,‘ किलोवाट अनुसारको कर लगाइएको छ, जस अनुसार आयातकर्ताहरुले कागजातमा किलोवाट घटाएको आंशका भएको छ । त्यसकारण पुनः परिक्षणको लागि पत्राचार भएको हो ।
बजेट भन्दा अघि धेरै विद्युतीय गाडीहरु आयात भएको र त्यसमा समेत किलोवाट घटाइएको संकेत विभागको छ । विभागले भन्सार विभागहरुलाई लेखेको पत्रमा विद्युतीय गाडी जाँचपास गर्दा मोटरको पिकपावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेवसाइटमा उल्लिखित मोटरको क्षमता र पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गरी जाँचपास गर्न भनिएको छ ।

पत्रमा भनिएको छ,‘महसुल असुल गरी यस अघि महसुल छुट भएको भए सो समेत असुल गरी उच्च सतर्कताका साथ जाँचपास गर्न निर्देशन छ ।’ पत्रमा भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाको नै हस्ताक्षर रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।