logo

प्यारामाउन्ट मोटर्सद्धारा नबिल बैंकसँग साझेदारी घोषणा

    566   पटक पढिएको


२३ जेठ/अर्थ र व्यापार – नेपालमा विद्युतीय गाडी बुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । बुलिङ बिंगो ईभीमा रुचि राख्ने नेपाली ग्राहकको पहुँचमा पु¥याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
चीनको गुआंसी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको बुलिङले सेनाका उपकरण मर्मत गर्नेदेखि मेसिन र ट्याक्टर उत्पादन गर्ने काम गरेको थियो । सन् १९८० को दशकमा मित्सुबिसीसँग साझेदारी गर्दै बुलिङले गाडी उत्पादनमा प्रवेश गरेको थियो ।
सन् २०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारका रूपमा ख्याति कमाएका यी गाडी सन् २०२३ को सुरुवातमा १ दशमलव १ मिलियनभन्दा बढी बिक्री भएको थियो ।
यो साझेदारीसँगै बलिङ बिगौैं ईभी परिवारमा सामेल हुन चाहने ग्राहकले अब नबिल बैंकको उत्कृष्ट वित्तीय सुविधाबाट लाभान्वित हुन सक्नेछ, जसमा सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधालगायतका छन् । ग्राहकले पाँच वर्षको लागि ९ दशमलव ९९ प्रतिशत र सात वर्षका लागि १० दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदर वा आधार दर प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर १ देखि ३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दरबीच छनोट गर्न सक्नेछ ।
बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ, जसको वित्तीय सीमा २५ लाख रहेको छ । अटो लोनको अवधि बैंकका नीतिअनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम सात वर्षसम्म लम्बिन सक्छ ।
बुलिङ नेपाल र नबिल बैंक विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।