logo

प्यारामाउन्ट मोटर्सद्धारा नबिल बैंकसँग साझेदारी घोषणा

    731   पटक पढिएको


२३ जेठ/अर्थ र व्यापार – नेपालमा विद्युतीय गाडी बुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । बुलिङ बिंगो ईभीमा रुचि राख्ने नेपाली ग्राहकको पहुँचमा पु¥याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
चीनको गुआंसी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको बुलिङले सेनाका उपकरण मर्मत गर्नेदेखि मेसिन र ट्याक्टर उत्पादन गर्ने काम गरेको थियो । सन् १९८० को दशकमा मित्सुबिसीसँग साझेदारी गर्दै बुलिङले गाडी उत्पादनमा प्रवेश गरेको थियो ।
सन् २०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारका रूपमा ख्याति कमाएका यी गाडी सन् २०२३ को सुरुवातमा १ दशमलव १ मिलियनभन्दा बढी बिक्री भएको थियो ।
यो साझेदारीसँगै बलिङ बिगौैं ईभी परिवारमा सामेल हुन चाहने ग्राहकले अब नबिल बैंकको उत्कृष्ट वित्तीय सुविधाबाट लाभान्वित हुन सक्नेछ, जसमा सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधालगायतका छन् । ग्राहकले पाँच वर्षको लागि ९ दशमलव ९९ प्रतिशत र सात वर्षका लागि १० दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदर वा आधार दर प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर १ देखि ३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दरबीच छनोट गर्न सक्नेछ ।
बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ, जसको वित्तीय सीमा २५ लाख रहेको छ । अटो लोनको अवधि बैंकका नीतिअनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम सात वर्षसम्म लम्बिन सक्छ ।
बुलिङ नेपाल र नबिल बैंक विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।