logo

नाडा अध्यक्षमा करण चौधरी र बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्वाचित

    930   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । ४७ औं साधारण सभाले चौधरीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का आकांक्षी उम्मेदवार आकाश गोल्छासँगको सहमतिपछि चौधरी निर्विरोध अध्यक्ष भएका हुन्।
संसोधित विधान अनुसार भएको सहमतीबाट एशोसियसनको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्वाचित भएका हुन्। ४७ औं साधारण सभाबाट कार्यसमितिका २४ जना सदस्य सबै निर्विरोध निर्वाचित भएका हुन्। एसोसियसनको सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा निर्वाचित भएका थिए । यसैगरी, सदस्यमा निर्वाचित हुने अन्यमा निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्वाचित भएका थिए ।
संसोधित विधान अनुसार एशोसिएसनको आइतबार बसेको पदाधिकारी बैंठकले गोल्छालाई बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संसोधित विधानको व्यवस्था अनुसार एशोसिएसनमा अध्यक्ष बाहेक अरु सदस्य चयन हुने र कार्यसमितिबीचको मतदानबाट पदाधिकारी चयन हुने प्रावधान छ ।
नाडा कार्यसमितिबाट एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ चयन भएका हुन्। यसैगरी, एशोसिएट उपाध्यक्षमा जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट तेजनारायण साह र सुदुर पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भएका छन ।
एशोसिएसनको महासचिवमा एसटीसी इन्ड्रष्ट्रिजका सुरेन्द्रकुमार उप्रेती चयन भएका छन्। सचिवमा भने निर्वाचन भएको थियो । गणपति टायर इन्टरनेशनलका विक्रम सिंघानिया र साइमेक्स इंककी यमुना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । सिंघानिया एकमत बढी ल्याएर सचिवमा निर्वाचित भएका छन ।
यसैगरी, रिसिक अटोमोबाइल्सका मिलनबाबु मल्ल कोषाध्याक्षमा फेरि दोहोरिएका छन्। एशोसिएसन सहकोषाध्यक्षमा सिग्मा अटोका पंकज अग्रवाल चयन भएका छन्। एशोसिएसनको सदस्यमा दीपेन्द्रकुमार मिश्रा, जोशी सप्लार्यसका कपिल शिवाकोटी, नवराज भुसाल, भावना विजनेश लिंकका सुनिल रिजाल, हिट्को प्रालिका प्रदीपमान प्रधान, रिशव इन्टरनेशनलका सन्जयकुमार खेतान, हिमालय मोट्रोक्सका सौरभ थापा, श्रीदुष इन्टरनेशनलका ऋद्धि कार्की, वुद्ध इन्टरप्राइजेजका प्रकाश कपुरी सदस्यमा चयन भएका छन्।
त्यस्तै, संस्थागतबाट मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनको संजयकुमार श्रेष्ठ, चितवन अटोमोबाइल्स एशोसिएसनबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट भद्र भण्डरी सदस्यमा चयन भएका छन्।
कार्यसमितिले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ मनोनित गरेको छ। यस्तै आमन्त्रित सदस्यहरु भने केही समयमा तोकिने नाडाले जनाएको छ । आमन्त्रित सदस्य नारायणी अटोमोबाइल्सका अनुपकुमार बराललाई कार्यसमितिमा ल्याउने तयारीमा नाडा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।