logo

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अब पूर्ण रूपमा अटोमेशनमा,अनलाइनबाट टिकट काट्न सकिने

    980   पटक पढिएको


२० पुस/अर्थ र व्यापार – पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो ।

अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।
कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित पत्रकारसम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाइन मार्फत काट्न सकिने बताए ।
उनका अनुसार यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लिकेशनमार्फत सहजै टिकट काट्न सकिनेछ ।

विगत ५० वर्ष भन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख सहर काठमाडौँ, बुटवल, हेटौडादेखि पूर्वका काँकडभित्ता देखि सुदूरपश्चिमका धनगढी गरी ३० भन्दा बढी सहरमा सेवा दिँदै आएको छ । सो कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ । पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढी यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।