logo

पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ एक्स–ट्रेल नेपालमा, मूल्य १ करोड ८७ लाख

    795   पटक पढिएको


६ पुस/अर्थ र व्यापार – निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ। निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले शुक्रबार थापाथली शोरुम गाडी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार नेपालमा एक्स ट्रेलको सुरुवाती मूल्य करोड ८७ लाख रुपैयाँ तोकिएको छ । यस कम्पनीले गाडीमा उन्नत प्रविधि र आधुनिक डिजाइन भएको दावी गरेको छ। दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा फोर्थ जेनेरेसन एक्स–ट्रेल सार्वजनिक गरेको हो।
सन् २००१ मा एक्स– ट्रेलको उत्पादन सुरु भएको हो । विश्वभर ७० लाख युनिटभन्दा बढी एक्स– ट्रेल गाडीहरू बिक्री भएका कम्पनीले जनाएको छ । विश्वको लोकप्रिय फ्यामिली लक्षित एडभेन्चर सवारी साधन भएको कम्पनीको जिकिर छ ।
गाडीमा ई–पावरबाट इजी ड्राइभ अनुभव प्राप्त गर्ने सकिने छ । यसैगरी, नयाँ ट्विन–मोटर, इ–फोर्स अल–ह्विल ड्राइभ प्रणालीसहित ड्राइभिङमा आत्मविश्वास र अझै राम्रो नियन्त्रण गर्न सक्ने फिचर रहेको कम्पनीले जनाएको छ । यो सेग्मेन्टमा सात सिट भएको एसयुभी हो।
यसले ग्राहकलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो सेग्मेन्ट मै उच्चस्तरको सुविधा प्रदान गर्दछ गर्ने सो कम्पनीको दावी छ । कम्पनीका प्रबन्ध निर्देशक सन्दीप शारडाले नेपालमा नयाँ एक्स ट्रेल ई–पावर पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा आफुहरु खुसी भएको बताए ।
एक्स ट्रेल ई–पावर ठूलो, आरामदायी, र बहुपयोगी एसयुभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुने उनले बताए । ‘एक्स ट्रेल इ–पावर नविनतम मोबिलिटी सोलुसन मार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो,’ उनले भने। दक्षिण एसिया व्यापार प्रमुख रघुनाथ नैरले निसानको ई–पावर टेक्नोलोजीलाई ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका गरेको बताए।
‘हामीले ई–पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ्न सकिन्छ,’ उनले भने, ‘दक्षिण एसियाको एक महत्वपूर्ण क्षेत्र, नेपालमा नयाँ एक्स ट्रेल इ–फोर्सको सुरुवातसँगै, हामी हाम्रा नेपालका ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुसी छौं।’
कम्पनीले गाडी दुईवटा भेरियन्टमा ल्याएको छ। जसलाई एल १ र एल ३ भनिएको छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ। यसको लम्बाई ४ हजार ६८० एमएम, उचाई १७२५ एमएम र चौडाइ १८४० एमएमको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।