logo

पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ एक्स–ट्रेल नेपालमा, मूल्य १ करोड ८७ लाख

    926   पटक पढिएको


६ पुस/अर्थ र व्यापार – निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ। निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले शुक्रबार थापाथली शोरुम गाडी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार नेपालमा एक्स ट्रेलको सुरुवाती मूल्य करोड ८७ लाख रुपैयाँ तोकिएको छ । यस कम्पनीले गाडीमा उन्नत प्रविधि र आधुनिक डिजाइन भएको दावी गरेको छ। दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा फोर्थ जेनेरेसन एक्स–ट्रेल सार्वजनिक गरेको हो।
सन् २००१ मा एक्स– ट्रेलको उत्पादन सुरु भएको हो । विश्वभर ७० लाख युनिटभन्दा बढी एक्स– ट्रेल गाडीहरू बिक्री भएका कम्पनीले जनाएको छ । विश्वको लोकप्रिय फ्यामिली लक्षित एडभेन्चर सवारी साधन भएको कम्पनीको जिकिर छ ।
गाडीमा ई–पावरबाट इजी ड्राइभ अनुभव प्राप्त गर्ने सकिने छ । यसैगरी, नयाँ ट्विन–मोटर, इ–फोर्स अल–ह्विल ड्राइभ प्रणालीसहित ड्राइभिङमा आत्मविश्वास र अझै राम्रो नियन्त्रण गर्न सक्ने फिचर रहेको कम्पनीले जनाएको छ । यो सेग्मेन्टमा सात सिट भएको एसयुभी हो।
यसले ग्राहकलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो सेग्मेन्ट मै उच्चस्तरको सुविधा प्रदान गर्दछ गर्ने सो कम्पनीको दावी छ । कम्पनीका प्रबन्ध निर्देशक सन्दीप शारडाले नेपालमा नयाँ एक्स ट्रेल ई–पावर पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा आफुहरु खुसी भएको बताए ।
एक्स ट्रेल ई–पावर ठूलो, आरामदायी, र बहुपयोगी एसयुभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुने उनले बताए । ‘एक्स ट्रेल इ–पावर नविनतम मोबिलिटी सोलुसन मार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो,’ उनले भने। दक्षिण एसिया व्यापार प्रमुख रघुनाथ नैरले निसानको ई–पावर टेक्नोलोजीलाई ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका गरेको बताए।
‘हामीले ई–पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ्न सकिन्छ,’ उनले भने, ‘दक्षिण एसियाको एक महत्वपूर्ण क्षेत्र, नेपालमा नयाँ एक्स ट्रेल इ–फोर्सको सुरुवातसँगै, हामी हाम्रा नेपालका ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुसी छौं।’
कम्पनीले गाडी दुईवटा भेरियन्टमा ल्याएको छ। जसलाई एल १ र एल ३ भनिएको छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ। यसको लम्बाई ४ हजार ६८० एमएम, उचाई १७२५ एमएम र चौडाइ १८४० एमएमको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।