logo

नाडा अटोमोवाइल्स एशोसिएसनमा सहमती जुटयो,अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा

    762   पटक पढिएको

४ पुस/अर्थ र व्यापार – आगामी २० र २१ पुसमा हुने निर्वाचनकालागि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका तीनजना प्रत्यारी नाडा व्यवसायीबीच सहमती जुटेसँगै अब नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ अध्यक्ष करण चौधरी हुने भएका छन । आगामी नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा अध्यक्षका उम्मेदवारी दावी गरेका प्रत्यासी नाडा व्यवसायीहरु करण चौधरी, आकश गोल्छा र प्रकाश कपुरी लगायतका व्यवसायीहरुबीच मंगलबार भएको अन्तिम सहमतिबाट आगामी नयाँ अध्यक्ष चौधरी नै हुने भएका हुन । आगामी २० र २१ पुसमा हुने एसोसिएसनको ४७ औं साधारण सभाले अनुमोदन गरेपछि मात्र मंगलबार भएको यस सहमतिले पुर्णता पाउनेछ ।

नाडा अध्यक्ष ध्रुब थापाले जानकारी गराए अनुसार मंगलबारको सहमति बमोजिम आगामी ४७ औं साधारण सभापछि करण चौधरीले नाडाको नेतृत्व सम्हाल्ने छन् । यसैगरी अर्का आकांक्षी आकाश गोल्छा एसोसिएसनको बरिष्ठ उपाध्यक्ष हुने छन् । अहिले गोल्छाका लागि नाडामा वरिष्ठ उपाध्यक्षको नयाँ पद सिर्जना गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष स्वतः यस एसोसिएसनको अध्यक्ष हुने व्यवस्थाबाट गोल्छालाई अर्को कार्यकालमा नाडा अध्यक्ष हुने बाटो बनाइएपछि बल्ल चुनावी मैनादमा उत्रिएका नाडा व्यवसायीबीच यस्तो सहमति जुटेको हो ।

नाडाका अध्यक्ष थापाका अनुसार आगामी ४७ औं साधारण सभाले अध्यक्षका प्रत्यासी उम्मेदवार चौधरीलाई आगामी नयाँ अध्यक्ष र गोल्छालाई वरिष्ठ उपाध्यक्षमा अनुमोदन गर्नेछ भने अर्को साधारण सभादेखि वरिष्ठ उपाध्यक्ष पदमा नै निर्वाचन हुनेछ ।
यसअघि नै अटो व्यवसायीहरुले सहमतिको प्रयासलाई जोड दिए पनि चौधरी र गोल्छा भने निर्वाचनमा जाने मनस्थितीमा थिए । जसका लागि उनीहरुले आफ्ना भिन्दाभिन्दै समुह नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका बेला अहिले नाडाका व्यवसायीबीच सर्वपक्षीय पहलबाट बल्ल यस्तो सहमति जुटेको हो ।
सीजी होल्डिङ्सका करण चौधरी आगामी अध्यक्षका लागि निर्वाचनमा भिड्ने तयारी गरिरहेका थिए भने जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा पनि अध्यक्षमै प्रतिस्पर्धा गर्ने तयारीमा लागेका थिए ।
यसअघि सोमबार बसेको नाडा अटो व्यवसायीको बैठकले सहमतिबाटै नयाँ अध्यक्ष चयन गर्ने निष्कर्ष निकालेको थियो । सोही निर्णय पछि चौधरी र गोल्छालाई एक आपसमा मिलेर को पहिले अध्यक्ष बन्ने सहमति जुटाउन व्यवसायीले पुनः एकदिनको समय दिएका थिए । मंगलबार अध्यक्षका आकांक्षी चौधरी र गोल्छाबिच पहिले चौधरी अध्यक्ष हुने र गोल्छा वरिष्ठ उपाध्यक्ष हुँदै अर्को पटक स्वतः अध्यक्ष हुने सहमति जुटेको हो ।
नाडाका अध्यक्ष थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश ) लगायत पूर्व अध्यक्षहरु सहित सहभागी मंगलबारको बैठकमा उनीहरुका बचिमा यस्तो सहमति जुटेको हो । आगामी साधारण सभाले विधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र नयाँ अध्यक्ष हुँदै गरेका चौधरी र बरिष्ठ उपाध्यक्ष हुँदै गरेका गोल्छा बिचमा भएको यो सहमति कार्यान्वायनमा आउनेछ ।
चौधरीले पनि सबैव्यवसायीको साथ र आपसी सहमतीका आधारमा नै अब आफु सर्वसहमत नाडाको नयाँ अध्यक्ष हुँदै गरेको बताए । उनले यसरी सर्वसहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्दा व्यवसायीबीच राम्रो सन्देश जाने र नाडा अटो व्यवसायीहरुबीच एकताको भावना विकास हुने धारणासहित यस्तो सहमति गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।