logo

एसेम्बलिङ उद्योगमा दिँदै आएको महसुल छुट नघटाउन नाडाको माग

    1008   पटक पढिएको

१० जेठ/अर्थ र व्यापार – नाडा अटोमोबाइल एसोसिएसनले एसेम्बलिङ उद्योगमा दिँदै आएको महसुल छुट नघटाउन माग गरेको छ ।
नाडाले धेरै समयदेखि राख्दै आएको मागलाई दृष्टिगत गर्दै सरकारले सवारी साधनको एसेम्बल उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महसुलहरुमा विभिन्न छुट र नीतिगत सुविधा दिएको छ ।
नेपालमा ४ वटा दुई पाङ्ग्रे सवारी साधनको एसेम्बल उद्योगले उत्पादन गरिरहेका छन् । अरु दुईवटा उद्योग तत्कालै उत्पादनको अवस्थामा छन् भने केही अरु यस्ता एसेम्बल उद्योग खुल्ने तयारीमा छन् ।
नेपालमा केही चारपाङ्ग्रे सवारी साधन उत्पादन तथा एसेम्बल गर्ने उद्योग पनि खुल्ने क्रममा छन् । आगामी वर्षको बजेटमा सवारी साधनका एसेम्बलिङ उद्योगलाई दिइँदै आएको महसुलमा छुट लगायतका नीतिगत सुविधा कटौती गर्न लागेपछि नाडाले विशेष ध्यानकर्षण भएको जनाएको छ ।
‘सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयंमा धेरै पुँजी र लगानी चाहिने उद्योग हो । नेपालमै सवारी साधनको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारणले केही सस्तो मूल्यमा सवारी साधन प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरि, नाडाले नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ । एसेम्बली उद्योगले औद्योगीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पुयाइरहेको बताएको छ ।
नाडाले एउटा एसेम्बल उद्योगका कारण त्यससँग आश्रित कैयन् अन्य उद्योग पनि स्थापना हुने जनाएको छ । सरकारले यस्ता तथ्यहरुलाई नजरअन्दाज गर्दै भएकै सुविधासमेत कटौती गरेमा ठूलो लगानी डुब्ने मात्र नभई नेपाल ओद्योगीकरणको दौडमा अझै पछाडि पर्ने निश्चित रहेको नाडाको भनाइ छ ।

सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन् भन्ने उद्देश्यले सोहीअनुरुप नीतिगत प्रोत्साहनका प्याकेज ल्याउँदै जानुपर्नेमा केही वर्षको अन्तरालमै पटक–पटक नीति परिवर्तन गर्दै जाने हो भने नेपालमा एसेम्बल उद्योग खुल्न नसक्ने र भएको एसेम्बल उद्योग पनि बन्द हुने अवस्था आउने नाडाले बताएको छ ।

त्यसैगरी, नाडाले एसेम्बल उद्योगले आद्योगिक सीपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्नसमेत मद्दत गर्ने तर्क गरेको छ ।
सरकारले तत्कालको समस्या अर्थात् राजस्वलाई मात्र दृष्टिगत गरी नीति बनाउँदा त्यसको दीर्घकालीन असरलाई समेत ध्यान दिनुपर्नेमा नाडाले सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।