logo

नाडाको ४६औं वार्षिक साधारणसभा २२ पुसमा

    1102   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारणसभा आगामी २२ पुसमा हुने भएको छ । एसोसिएसनका अध्यक्ष ध्रुुव थापाको अध्यक्षतामा २२ मंसिरमा बसेको १२ औं कार्यसमिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
काठमाडौंको दरवारमार्गस्थित होटल याक एण्ड यतिको रिगल हलमा साधारणसभा हुने महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश)ले जानकारी दिए । आगामी २२ पुुसमा हुने साधारण सभामा मुलुकभरका सबै अटो व्यवसायीहरु एवं नाडाका प्रतिनिधी सहभागी हुने अपेक्षा गरिएको छ ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुुत गर्दै सो प्रतिवेदनबारे छलफल र अनुमोदन, आर्थिक वर्ष २०७८ र ०७९को आय (व्ययको विवरण र २०७९ र ०८० को बजेट प्रस्तुत गरी सोबारे छलफल र अनुमोदन हुनेछ । लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता विषयमा छलफल गरिने उनले जानकारी दिए ।
साधारणसभाको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुुर्याएका ४ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको नाडाले जनाएको छ । नाडा अटोमोबाइल्स ट्रेड डाइरेक्ट्री २०२३ को विमोचन लगायतका कार्यक्रम साधारणसभामा समावेश हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।