logo

अटो व्यवसायीले गरे माइतीघरमा धर्ना

    949   पटक पढिएको



२२ मंसिर/अर्थ र व्यापार– अटोमोबाइल्स व्यवसायीहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को अगुवाईमा बैंकको ब्याजदर लगायतका माग राख्दै व्यवसायीहरूले यसरी धर्ना दिएका हुन् ।
बिहिबारको धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी छन् । यसअघि नै घोषित पहिलो चरणको आन्दोलन अन्तर्गत बिहीबार अन्तिम दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारि दिए ।
उनले सरकारले ८ महिना अघि गत बैशाख देखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि चर्को व्याजदरका कारण अझै व्यवसाय गर्न सक्ने वातावरण नबनेकाले आन्दोलन जारी राखिने बताए ।
नाडाका उपाध्यक्ष सुनिल रिजालले पनि चर्को व्याजदर विरुद्ध सरकारलाई दबाब दिन व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।
उनका अनुसार अब कार्यसमिति बैठक बसेर अर्को चरणको आन्दोलनको घोषणा गरिनेछ । अबको आन्दोलन भद्र र निर्णायक हुने उनले बताए ।
भर्खर सरकारले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि व्यवसायीहरुले चर्को बैंक व्याजदर नियन्त्रणकालागि आफ्नो आन्दोलन जारी राखेको बताएका छन् ।
धर्नामा सहभागी व्यवसायीले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने,, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।