logo

अटो व्यवसायीले गरे माइतीघरमा धर्ना

    1159   पटक पढिएको



२२ मंसिर/अर्थ र व्यापार– अटोमोबाइल्स व्यवसायीहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को अगुवाईमा बैंकको ब्याजदर लगायतका माग राख्दै व्यवसायीहरूले यसरी धर्ना दिएका हुन् ।
बिहिबारको धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी छन् । यसअघि नै घोषित पहिलो चरणको आन्दोलन अन्तर्गत बिहीबार अन्तिम दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारि दिए ।
उनले सरकारले ८ महिना अघि गत बैशाख देखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि चर्को व्याजदरका कारण अझै व्यवसाय गर्न सक्ने वातावरण नबनेकाले आन्दोलन जारी राखिने बताए ।
नाडाका उपाध्यक्ष सुनिल रिजालले पनि चर्को व्याजदर विरुद्ध सरकारलाई दबाब दिन व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।
उनका अनुसार अब कार्यसमिति बैठक बसेर अर्को चरणको आन्दोलनको घोषणा गरिनेछ । अबको आन्दोलन भद्र र निर्णायक हुने उनले बताए ।
भर्खर सरकारले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि व्यवसायीहरुले चर्को बैंक व्याजदर नियन्त्रणकालागि आफ्नो आन्दोलन जारी राखेको बताएका छन् ।
धर्नामा सहभागी व्यवसायीले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने,, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।