logo

आयात प्रतिवन्ध नहटाएको भन्दै अटो व्यवसायीले गरे आन्दोलनको घोषणा माइतीघरमा धर्ना दिने

    1052   पटक पढिएको


१६ मंसिर/अर्थ र व्यापार– लामो समयदेखि सवारीसाधन आयातमा लगाइँदै आएको प्रतिबन्ध नहटाएको भन्दै अटो व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका छन । हाल कायम आयात प्रतिवन्धले अटो व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरुले अब आफुहरु बाध्य भएर आन्दोलनमा जाने घोषणा गरेका हुन ।
सवारी साधन लगायत विलासिताका वस्तुहरुको आयातमा लगाईएको प्रतिवन्ध तत्काल हटाउन माग गर्दै नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार पत्रकार सम्मेलन मार्फत यस्तो आन्दोलनका कार्यक्रमका घोषणा गरेको हो ।
नाडाले सरकारलाई दबाब दिन यस्तो दबाबमूलक चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
झन्डै एकवर्षदेखि सरकारले मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सवारी साधन र महंगा बिलासिताका विभिन्न चारवटा बस्तुहरुको आयात रोकेको छ। सरकार र राष्ट्र बैंकले गरेको यस्तो अव्यवहारिक नीतिप्रति नाडाले दबाब दिँदै जाने नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
उनले अटो व्यवसायीहरुले तयार गरिएका नारा शुक्रबारबाट सामाजिक संजालमा प्रोफाइल पिक्चर राखी आन्दोलन सुरु गरेको घोषणा गरेका थिए ।
उनले आफुहरुको यस्तो मागप्रति सरकार गम्भिर नभए अब व्यवसायीले आफ्नो गाडीहरुमा नारा टाँस्ने, शोरुममा ब्यानर टाँस्नेदेखि माइतीघरमा पुगेर धर्ना दिने जस्ता दबाबमुलक कार्यक्रम हुने चेतावनी दिए ।
आफ्नो यस्तो माग पुरा गर्न सरकारलाई दबाब दिने कार्यक्रम आयोजनाको बारेमा जानकारी दिँदै नाडाले व्यवसायीले ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायतका मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

विगत ८ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला गरिएको अवस्था छ । राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ।
‘अब पनि सवारी आयात नखुलाउने हो भने अटो व्यवसाय थला पर्छ। त्यसैले व्यवसायी सरकारविरुद्ध उभिन बाध्य हुने चेतावनी दिँदै अध्यक्ष थापाले भने, ‘ अब व्यवसायी चुप लागेर बस्ने छैनन । ’ उनले यसअघि पनि धेरै पटक व्यवसायीले सरकारलाई सवारी आयात प्रतिबन्ध खुलाउन माग गर्दै आए पनि बेवास्ता गर्दै आएको बताए ।
नडाले जानकारि गराए अनुसार सरकारले हाल सवारीसाधन आयातमाथी प्रतिबन्ध लम्ब्याएको अवधि यहि मंसिर मसान्तसम्म कायमै छ । यो प्रतिवन्ध हटाउन माग गर्दै व्यवसायीले फेसबुक, इन्स्टाग्राम र ट्वीाटरमा प्रोफाइल पिक्चर आन्दोलनका नारालाई बनाउने छन्। आफूले चढ्ने गाडीमा टाँसेर हिंड्ने छन्। नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने रहेको छ।
यसैगरि, नाडाले यस्तो दबाबमुलक आन्दोलनका कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संगठन र जिल्ला–नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत सहयोग माग्ने जनाएको छ ।
अझै आफ्ना माग सम्बोधन गर्न सरकार गम्भिर नभए आगामी २२ मंसिरमा व्यवसायीहरुले कालो पहिरन लगाई, प्लेकार्ड बोकेर काठमाडौंको माइतीघरमा धर्ना दिने नाडाले जनाएको छ । यसैगरि, नाडाले सोही दिन देसका सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रम तय गरिएको बताएको छ ।
यस्तो कार्यक्रमकाबारेमा जानकारि गराउँदा समेत सरकार गम्भिर नभए एवं आफ्ना जायज मागको सम्बोधन नभए दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने नाडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।