logo

नयाँ सवारी खरिद गर्दा इम्बोस्ड नम्बरप्लेट दिनुपर्ने नाडाको माग, बढाइएको कर घटाउन आग्रह

    1271   पटक पढिएको

२४ जेठ/अर्थ र व्यापार – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नयाँ सवारी खरिद गर्दा इम्बोस्ड नम्बरप्लेट दिनुपर्ने माग गरेको छ । विद्युतीय सवारी साधनमा सरकारको भनाई र गराई फरक भएको भन्दै नाडाले यस्तो माग गरेको हो ।
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटबाट विद्युतीय सवारी साधनमा वृद्धि गरिएको महसुल सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष धुब्र थापाले यस्तो बताएका हुन ।
उनले जुनसुकै देशले पनि विद्युतीय सवारी साधनमा प्राथमिकता दिने भनिएको र नेपालमा पनि सोही नीति लिएको भनिरहँदा भनाई र गराईमा फरक परेको बताए । ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा सवारी साधनको आयातमा लाग्ने कर बढाउँदा व्यवसाय नै संकटमा पर्ने देखियो’, उनले भने, ’सरकारको नीतिकै कारण दुई पाँग्रे सवारी साधनको बिक्री बन्द गर्नुपर्ने अवस्था आयोे ।’
उनले विद्युतीय सवारी अबको भविष्य रहेको भन्दै पुरानै करलाई यथावत राख्नुपर्नेमा जोड दिए । उनले अबको १० वर्षमा नेपालमा पेट्रोलियम पदार्थको वस्तु आयात कम हुने भन्दै सरकारले पहिलो प्राथमिकता विद्युतीय सवारीलाई दिनुपर्नेमा जोड दिए ।
‘विद्युतीय सवारी साधनमा विदेशी मुद्रा बढी गएको भन्दै कर बढाएको जवाफ हामीलाई दिईयो, कर बढाउनभन्दा यसको दीर्घकानीन प्रभावको अध्ययन नै गरिएन’, उनले गुनासो गरे ।
गाडी आयातमा सरकारले रोक लगाउँदा राजश्व संकलनमा कमी आएको उनको भनाई छ । ‘सरकारले चार पाँग्रे सवारी साधनको आयात बन्द गर्यो, छलफल बिनौ आयात बन्द गर्नभन्दा पनि अर्कै विकल्प खोज्न सकिन्थ्यो, तर सरकारले त्यसतर्फ ध्यान नै नदिई आयातमा रोक लगायो’, उनले भने, ६ महिनाका लागि क्रेडिट फ्यासिलिटीमा कम्पनीले गाडी ल्याउन दिन्छ, यसले विदेशी मुद्रा बाहिरिनबाट जोगिन्थ्यो, उपभोक्ता र व्यवसायीलाई पनि सहज हुन्थ्यो ।’
यसैगरि, उनले इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी खरिद गर्नासाथ राख्नुपर्नेमा जोड दिए । सवारी खरिदपछि सामान्य नम्बर र त्यसपछि इम्बोस्ड नम्बर जडान गर्दा दोब्बर खर्च हुनेगरेको बताए ।
सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो । अब १५०० देखि २००० सीसीका कारमा अन्तःशुल्क ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।
२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५÷५ प्रतिशतले अन्तःशुल्क बढेको छ । त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् । १५०० सम्मका कार, जीप÷भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।