logo

नयाँ सवारी खरिद गर्दा इम्बोस्ड नम्बरप्लेट दिनुपर्ने नाडाको माग, बढाइएको कर घटाउन आग्रह

    1073   पटक पढिएको

२४ जेठ/अर्थ र व्यापार – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नयाँ सवारी खरिद गर्दा इम्बोस्ड नम्बरप्लेट दिनुपर्ने माग गरेको छ । विद्युतीय सवारी साधनमा सरकारको भनाई र गराई फरक भएको भन्दै नाडाले यस्तो माग गरेको हो ।
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटबाट विद्युतीय सवारी साधनमा वृद्धि गरिएको महसुल सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष धुब्र थापाले यस्तो बताएका हुन ।
उनले जुनसुकै देशले पनि विद्युतीय सवारी साधनमा प्राथमिकता दिने भनिएको र नेपालमा पनि सोही नीति लिएको भनिरहँदा भनाई र गराईमा फरक परेको बताए । ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा सवारी साधनको आयातमा लाग्ने कर बढाउँदा व्यवसाय नै संकटमा पर्ने देखियो’, उनले भने, ’सरकारको नीतिकै कारण दुई पाँग्रे सवारी साधनको बिक्री बन्द गर्नुपर्ने अवस्था आयोे ।’
उनले विद्युतीय सवारी अबको भविष्य रहेको भन्दै पुरानै करलाई यथावत राख्नुपर्नेमा जोड दिए । उनले अबको १० वर्षमा नेपालमा पेट्रोलियम पदार्थको वस्तु आयात कम हुने भन्दै सरकारले पहिलो प्राथमिकता विद्युतीय सवारीलाई दिनुपर्नेमा जोड दिए ।
‘विद्युतीय सवारी साधनमा विदेशी मुद्रा बढी गएको भन्दै कर बढाएको जवाफ हामीलाई दिईयो, कर बढाउनभन्दा यसको दीर्घकानीन प्रभावको अध्ययन नै गरिएन’, उनले गुनासो गरे ।
गाडी आयातमा सरकारले रोक लगाउँदा राजश्व संकलनमा कमी आएको उनको भनाई छ । ‘सरकारले चार पाँग्रे सवारी साधनको आयात बन्द गर्यो, छलफल बिनौ आयात बन्द गर्नभन्दा पनि अर्कै विकल्प खोज्न सकिन्थ्यो, तर सरकारले त्यसतर्फ ध्यान नै नदिई आयातमा रोक लगायो’, उनले भने, ६ महिनाका लागि क्रेडिट फ्यासिलिटीमा कम्पनीले गाडी ल्याउन दिन्छ, यसले विदेशी मुद्रा बाहिरिनबाट जोगिन्थ्यो, उपभोक्ता र व्यवसायीलाई पनि सहज हुन्थ्यो ।’
यसैगरि, उनले इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी खरिद गर्नासाथ राख्नुपर्नेमा जोड दिए । सवारी खरिदपछि सामान्य नम्बर र त्यसपछि इम्बोस्ड नम्बर जडान गर्दा दोब्बर खर्च हुनेगरेको बताए ।
सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो । अब १५०० देखि २००० सीसीका कारमा अन्तःशुल्क ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।
२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५÷५ प्रतिशतले अन्तःशुल्क बढेको छ । त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् । १५०० सम्मका कार, जीप÷भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।