logo

धेरै माइलेज दिने सुजुकीको सेलेरियो कार सार्वजनिक

    1545   पटक पढिएको

१२ फागुन/अर्थ र व्यापार– नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सिजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रबिशा ट्रेडिङ प्रालिले एयरपोर्ट शोरुममा सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।
सर्वाधिक माइलेज दिने यो गाडीको लो रनिङ कष्ट कारण, बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको विश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक प्रविणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने कम्पनीले जनाएको छ ।
अल–न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फगल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम अनुभव दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।
पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इञ्जिन प्रयोग गरेको छ, जसले नेपालमै सर्वाधिक २६ दशमलब ६८ किलोमिटरपीएल माइलेज माइलेज दिनसक्नेछ । सेगमेंटमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सीओटी इमिसन्सलाई १९ प्रतिशतसम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा सञ्चालित, नयाँ सेलेरियोले ८९ एनएमएट३५००आरपीएमको टर्क र ६७ पीएएट५५००आरपीएएमको पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।
सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ । उच्चतन्य स्टीलको व्यापकप्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले बाहकहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।