logo

पेट्रोलियम पदार्थको मुल्यबृद्धि र भारी भन्सार छुटले विद्युतीय सवारीमा आकर्षण बढ्यो 

चार महिनामै २७ सय सवारी भित्रियो

    1504   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार – पछिल्लो समय मुलुकमा भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि र भारी भन्सार छुटका कारण नेपाली उपभोक्ताबीच विद्युतीय सवारी साधनमा आकर्षण बढेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत नै सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गरेको र यस्ता सावारी आयात गर्दा भारी भन्सार छुट दिएका कारण विद्युतीय सवारीको प्रयोगकर्ता करिब दुईसय प्रशितले बढ्न थालेको भन्सार विभागले जनाएको छ । 
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक गत कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा विद्युतीय सवारी साधनको आयात १ सय ८४ प्रतिशतले बढेको छ । विभागको तथ्यांक अनुसार चालू आवको पहिलो महिना गत साउनदेखि कात्तिकसम्म विद्युतीय सवारी साधान मात्रै दुई अर्ब २१ करोड रुपैयाँ बराबका २७ सय ६१ वटा सवारी साधन भित्रिएका छन् । यस्तो सवारी आयात अघिल्लो वर्षको सोही अवधिमा जम्मा १० करोड रुपैयाँको ९ सय ७२ वटा मात्रै भित्रिएका थिए । 
विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा विद्युतीय सवारी आयात १७ सय ८९ वटाले बढेको छ । यस्तो सवारी आयात चालू आवको पहिलो चौमासिकमा मात्रै दुई अर्ब १० करोड रुपैयाँले बढेको हो । अघिल्लो आवको तुलनामा यो वर्ष सरकारले विद्युतीय सवारी प्रवद्र्धन गरेको प्रयोगमा पनि दुईसय प्रतिशत भन्दा बढी सस्तोपर्ने गरिदिएको हुँदा आयात बढेको नेपाल अटोमाबाइल्स एशोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
नाडाका अध्यक्ष दुलालले सरकारले प्रवद्र्धन गरेको र भन्सारमा न्यून शुल्क लिएर आयात गर्न दिएको कारण अरु पेट्रोल तथा डिजेटका गाडीको तुलनामा दैनिक प्रयोगमै दुई सय प्रतिशत भन्दा सस्तो पर्ने भएकाले अहिले विद्युतीय सवारीको आकर्षण बढेको बताए ।  त्यति मात्रै नभएर खरिदगर्दा पनि सस्तो पाइने भएकोले हाल यसतर्फ आकर्षण बढेको उनले बताए । 
नाडाका अनुसार सरकारले भन्सार छुट दिएकै कारण यस्तो सवारी चार महिनामा नै यसको प्रयोग तीनसय प्रतिशतसम्मले बढेको देखिन्छ । गत वर्ष ९ सय वटा मात्रै भित्रिएको यस्तो सवारी चार महिनामा २७ सय पुग्नु भनेको अन्य सवारीको तुलनामा प्रयोग पनि निकै बढेको नाडाले जनाएको छ । 
अरु पेट्रोलिय पदार्थका सवारी आयात र प्रयोग वार्षिक २०/३० प्रतिशतले बढ्दा विद्युतीय सवारी भने तीन गुण बढीले बढ्नु नै यसतर्फ उपभोक्ताको आकर्षण भएको उनको भनाई छ । उनका अनुसार अबको नेपालीको सवारी विद्युतीय र सरकारी नीति पनि वातावरणमैत्री नै प्रयोग हुने पछिल्लो सरकारी नीतिबाट देखिएको छ ।
सरकारले विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गरेको, लोडशेडिङ हटेर २४ सै घण्टा विद्युतीय सवारी चार्ज गर्न सकिने अवस्था भएको र सार्वजनिक स्थानमा पनि सरकारले विद्युतीय चार्ज स्टेसन बनाउँदै जाने रणनीति अवलम्बन गरेकोले पनि पछिल्लो समय अन्य सवारीको तुलनमामा विद्युतीयमा आकर्षण बढेको हो । 
आर्थिक वर्ष २०७८÷७९ को बजेटमा सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छ । विद्युतीय सवारीको पूर्ण रूपमा अन्तःशुल्क खारेज गरिनुका साथै सरकारले भन्सार दर पनि विद्युतीय सवारीको क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म मात्रै कायम गरेको छ । 

नेपालमा १३ वटा ब्राण्डका इलेक्ट्रोनिक स्कुटर छन् भने ३ वटा मात्र कम्पनीले इलेक्ट्रोनिक गाडी बजारमा ल्याएका छन् । नेपालमा किया, बिवाइडी र महेन्द्रलेको इलेक्ट्रोनिक गाडीहरु रहेका छन् ।
यसैगरि, टेरा सिड ६० अल्फा, टेरा एक्यूटो, एनआईयू एन १ एस, भिमीटा इम्याक्स भी १०० एस, भिमोटो इम्याक्स भी १०० एस, भिमोटो एलियन, हिरो इलेक्ट्रोनिक फुटोन, हिरो इलेक्ट्रोनिक ई स्प्रीनट, एसएमएस स्कुटर, ओरभा जे ५००, बीएमसी ईएम ३१५, ई फन कार्गो र योबाके यो स्पीड नामक इलेक्ट्रोनिक स्कुटीहरु हाल नेपाल भर प्रयोगमा रहेका छन् । ओपन चार्ज म्यापका अनुसार विश्वका १ लाख २८ हजार ५ सय ४९ स्थानमा इलेकट्रोनिक भेकल चार्जिङ स्टेशन रहेको छ । अमेरिका, चीन, जर्मन, लन्डन, अष्ट्रेलिया लगायतका विकशित मुलुकहरुमा विद्युतीय गाडी चार्जिङ स्टेशन धेरै मात्रामा भएको पाइन्छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।