यो साताको दोस्रो कारोबार दिन सोमबार भने सेयर बजारमा हरियाली छाएर सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७ दशमलब ४१ अंकले बढेर २६ सय ४५ दशमलब ३६ विन्दुमा कायम भएको छ ।
समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ)को बिक्री खुला गरेको छ । यस कम्पनीले सोमबारदेखि ढिलोमा आगामी २६ कात्तिकसम्मका लागि एफपीओ बिक्री खुलाएको हो ।
अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से ९ दशमलब १९ मंकले घटेर २६ सय १७ दशमलब ९५ विन्दुमा झरेको छ ।
नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेको छ ।
यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार सम्हालिएर फर्किन सकेन । अघिल्लो दिनबाट ओरालो लागेको सेयर बजारको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफा बढ्दा पनि बुधबार सेयर बजार ओरालो लागेर नेप्से परिसूचक २०.४१ अंकले घटेको छ ।
यो साताको तेस्रो सेयर करोबार दिन नेप्से परिसूचक २५.८८ अंकले बढेर २६ सय ६५.८१ विन्दुमा आइपुगेको छ ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।
यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ५७ दशमलब ९९ अंकले घटेर २६ सय ३९ दशमलब ९२ विन्दुमा आइपुगेको छ ।
सपोर्ट लघुवित्तले गत वर्षको माुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । सो कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४७ दशमलब ४४ अंकको करेक्सन भएको छ । जसका कारण सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।
सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक बिहीबार २ दशमलब ४७ अंकले वृद्धि भएर २७ सय ४५ दशमलब ३६ विन्दुमा पुगेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । यसअघि बजार घटेर केही घाटा सहेर बसेका लगानीकर्ताबीच अहिले धमाधम उकालो लाग्दै गरेको सेयर बजारले थप उत्साह छाएको छ ।
अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
अघिल्लो कारोबार दिन बढेको सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से २६.०७ अंकले घटेर सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको हो ।
मंगलबार सेयर बजार भारी अंकले बढेर उछाल छाएको छ । अघिल्लो दिनको तुलनामा एकैदिन सयेर बजार परिसूचक नेप्से ११४ दशमलब ७० अंकले बढेर २६ सय २३ विन्दुमा पुगेको छ ।
नेपाल वेयर हाउजिङ कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।
सेयर बजार बढेर सोमबार नेप्से २५सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४ दशमलब ४५ अंकले बढेर २५ सय ०८ विन्दुमा कायम भएको हो ।
साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४ सय ६४ विन्दुमा झरेको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
अघिल्लो दिन बढेर २५ सय १९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनिको ओरालो यात्रामै झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई विश्लेषक वा सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै लगानी नगर्न आग्रह गरेको छ।
भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आएको अवस्थामापनि २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ ।