१३ माघ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १० दशमलब ४१ अंकले घटेको छ ।
सो गिरावटपछि नेप्से २६ सय ४३ विन्दुमा ओर्लिएको छ । यसदिन नेप्से घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । यसदिन ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५ सय १४ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो करोबार दिन ७ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
१ सय १६ कम्पनीको मूल्य बढ्दा १ सय २१ वटाको घटेको छ । ६ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन फाइनान्स उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ४ दशमलब ७४ प्रतिशतले घटेको छ । बैंकिङ उपसमुहको ०.८९ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.२७ प्रतिशत , लगानी उपसमुहको ०.५० प्रतिशत, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ प्रतिशत र व्यापार उपसमूहको ०.७५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
आइतबार ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल हाइड्रो डेभलपरको ८.६० प्रतिशत, नेपाल फाइनान्सको ८.२१ प्रतिशत, समृद्धि फाइनान्सको ७.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८ प्रतिशत , आरम्भ चौतारी लघुवित्तको ९.६८ प्रतिशत , सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशतले सेयर मुल्य बढ्यो । यसैगरी, विकास बैंक ०.५९ प्रतिशत , हाइड्रोपावर ०.५४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत र अन्य उपसमुहको ०.०३ प्रतिशतले सेयर मुल्य बढेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया