ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउन उदेश्यले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको छ ।
एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् ।
महालक्ष्मी विकास बैंकले २० वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान गरेको छ । बैंकले ३१ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई सम्मान गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारबारे सुझाव दिन गठित कार्यदलले ६ वटा जिम्मेवारी पाएको छ ।
माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिहरूको समापन वृहत वृक्षारोपण कार्यक्रममार्फत गरिएको सो बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा बिहीबार झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकको शाखाले वृक्षरोपण कार्यक्रम गरेको छ ।
सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको पानीपोखरीस्थित लाइफ क्वेस्ट क्लिनिकल ल्याब प्रालिमा छुट पाउने भएका छन् । बैंकले ल्याबसँग छुट दिने समझदारी गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।
नबिल बैंकले ल्याएको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड अफर ग्राहकका लागि आकर्षण बनेको छ । ग्राहकको उल्लेख्य सहभागितापछि बैंकले यस अफरको अवधि असार मसान्तसम्म लम्ब्याएको छ ।
ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण गरेको जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
महालक्ष्मी विकास बैंकले ३१ औँ वार्षिकोत्सवका अवसरमा देशभरका ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ । बैंकले गत ४ देखि १० जेठसम्म वार्षिकोत्सव मनाउने क्रममा महिला उद्यमीहरूलाई देशभरका विभिन्न शाखा कार्यालयहरूमार्फत सम्मान गरेको जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी १८ जेठदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘निफ्रा हरित उर्जा ऋणपत्र–६ प्रतिशत २०८८/८९’ निष्कासन गर्न लागेको हो ।
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा उनले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (पीसीआई डीएसएस) मा प्रमाणीकरण भएको छ ।
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २४ अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत २४अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको जनाएको छ ।