साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै उचारचढावपूर्ण बनेको सेयर बजार परिसूचक नेप्से बिहीबार ६.०१ अंकले बढेर २९ सय ७४ दशमलब ४६ विन्दुमा पुगेको छ ।
दुई दिनको सार्वजनिक बिदापछि बुधबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा २ दशमलब ११ अंकको सामान्य वृद्धि भएको छ । बुधबार बिहानैदेखि काठमाडौ उपत्यका लगायत देशैभर दिनभरको झरि र वर्षाको प्रभावले सेयर कारोबार भने अघिल्लो कारोबार रकमको तुलनामा केही घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।
तीव्र उतारचढावबीच आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंकले घटेर २९ सय ६६ विन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबारको ३ हजार विन्दुबाट नेप्से केही ओरालो लागेको हो ।
सेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गर्नेलाई जरिवाना बढाइने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । यो विधेयक संसदमा दर्ता भएको छ ।
अहिले नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंकले बढेर २९ सय ५७ बिन्दुमा कायम भएको छ ।
लगातार उकालो लागेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन भएर नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा झरेको छ। यसअघि सोमबार सेयर कारोबार रकममा कीर्तिमानी रेकर्ड बनाएको बजार मंगलबार सामान्य अंकले घटेको हो।
साताको पहिलो दिन आइतबार बजार बढेर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६० विन्दुमा पुगेको छ ।
तिब्र उतारचढापकाबीच सेयर कारोबार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २७ सय ६६.३८ विन्दूमा सीमित भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले इन्साइडर ट्रेडिङका कारण सेयर बजार अस्वाभाविक रुपमा उचालिएको बताएका छन्।
बुधबार सेयर बजार उच्च अंकले बढेको छ । मंगलबार १४५ अंकले घटेको बजार बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९ को विन्दुमा पुगेको छ ।
मंगलबार सेयर बजारमा करेक्सन भई भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सेयर बजार परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री गर्ने भएको हो।
सेयर बजार बढेर सोमबार झन्डै २८ सय अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेको छ ।
पछिल्लो समय अकस्मात चम्किएको सेयर बजारमा लगातार दोस्रो दिन बिहीबार २२ अर्ब रुपैयाँ नजिकको सेयर कारोबार भएको छ । बिहिबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
पछिल्लो समय सेयर बजारको कारोबारमा लगातार उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६ सय ९६.६५ को विन्दुमा पुगेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता कायम गर्न नीति बनाउने भएको छ ।
सोमबार बजर खुल्ने बित्तिकै पनि उचालिएको सेयर बजारमा अन्ति समयमा आएर करेक्सन भयो । करेक्सनपछि सेयर बजार परिसूचक नेप्से २०.६३ अंकले घट्यो ।
आइतबार सेयर बजार ११३.४२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ ।
आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो ।
चालु आर्थिको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।
अघिल्लो सातादेखि लगातार बढेर बुधबार करेक्सन भएको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर बन्द भयो ।
पछिल्लो केही दिनदेखि लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन । अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार नेप्से ७५.३३ अंकले बढ्दै २५ सय ६३ दशमलब ४३ विन्दुमा उक्लिएको छ ।
सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बजार बन्द हुँदा भने २४ सय ८८ अंकमा रह्यो ।