१० माघ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ११ दशमलब १० अंक घटेर २६ सय ५४ दशमलब ३५ विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर जम्मा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो कोरोबार दिन कुल ९ अर्ब २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
यसदिन ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४९ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । विकास बैंक समूह सुन्य दशमलब ८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो । यसैगरी, बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब ६१ प्रतिशत , फाइनान्स उपसमुहको २ दशमलब ४३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ७८ प्रतिशत , हाइड्रोपावर उपसमुहको सून्य दशमलब ५५ प्रतिशले सेयर मुल्य घटेको ।
जीवन बीमा उपसमुहको सून्य दशमलब ०१ प्रतिशत , लगानी उपसमुहको सून्य दशमलब ७९ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सून्य दशमलब ०१, निर्जीवन बीमा सून्य दशमलब ७३ प्रतिशत, अन्य सून्य दशमलब ३५ प्रतिशत र व्यापार उपसमूहको सून्य दशमलब २३ प्रतिशतले घटेको छ । सुपरमादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानकी फाइनान्सको ७.४७ प्रतिशत , पोखरा फाइनान्सको ५.७४ प्रतिशत र नेपाल फाइनान्सको ४.७४ प्रतिशतले सयेर मूल्य घटेको छ ।
३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढेको छ ।
तपाईको प्रतिक्रिया