logo

मेगा बैंकको डेपुटी सिइओमा रविना श्रेष्ठ

    2619   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार -  मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त (बढुवा) भएकी छिन्। रविना मेगा बैंकमा नायव महाप्रबन्धक थिइन्।

मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन्। त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन्। त्यहाँ उनले ’इन्ट्री लेभल’ बाट करियर सुरु गरेकी थिइन्।

चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सिइओ), अनुपमा खुँञ्जेली (मेगा बैंककी सिइओ) सँगै गएकी थिइन्।

बैंकिङ क्षेत्रमा रविनाले २९ बर्ष बिताइसकेकी छिन्। उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन्। उनले अन्तर्रा्ष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छिन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।