logo

सिटी एक्सप्रेस जापानले सञ्चालनमा ल्यायो मोबाइल रेमिट्यान्स सेवा

    1446   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार –  सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोबाइल एप्लिकेसन’सिटी मोबाइल वालेट’ सेवा सुरु गरेको जनाएको छ ।
सो एप्लिसकेसन गुगल एप्सबाट डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीको भनाइ छ । सिटी मोबाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ। वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफु अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता सो एप्लिकेसनमा रहेको कम्पनीले जनाएको छ । नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोबाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्र पुरा हुनसाथ नयाँ सदस्यले ५ समय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ ।
साथीहरुद्ये नयाँ सदस्य बन्न लागि सिफारिस गरेकमा थप ५०० रिवार्ड थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै हेरक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ।
विगतका प्रयोगकर्ताले एप्लिकेसन अपडेट गर्नसाथ सो सुविधा सुविधा पाउने भएका छन्। यस सेवा मार्फत संसारभरीका २०० राष्ट्रहरुमा रकम पठाउँन सकिने व्यवस्था रहेको छ। घरमै वसेर सजिलै पैसा पठाउन मिल्ने सुविधा यस एप्लिकेसनमा थप गरिएको कम्पनीले जनाएको छ।
सिटी एक्सेप्रेसको मोबाइल रेमिट सेवा मार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जापानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।