logo

एनसेलले १८औं वार्षिकोत्सवमा गर्यो ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल

    1340   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – एनसेलले १८औं वार्षिकोत्सवको अवसरमा लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । प्रतियोगितामा जम्मा चार खेल भएका थिए।
एनसेल कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहेर वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरेको हो।
पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेट्रान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिता प्रतियोगितामा रहेको एनसेलले जनाएको छ ।
पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ‘ए’ र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए । यो खेलमा एनसेलले १–० को अन्तरको जित हात पारेको थियो । एनसेलका तर्फबाट कप्तान प्रज्वल प्रजापतिले टिमका लागि गोल गरेका थिए।
यसैगरी, अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो। दुवै टिममा चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको एनसेलले जनाएको छ ।
सो खेलमा कलाकारहरु आयुष्मान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दीप क्षेत्री, अमन केसी, समृद्धि राई, त्रिचु राई लगायत थिए। अनिल गुरुङको टिमले ५–४ को अन्तरले खेल जितेको थियो।
यस्तै अर्को खेलमा एनसेल टिम ‘बी’ र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएको थियो। लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४–१ अन्तरले जित हासिल गरेको थियो। अर्को खेलमा नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम ‘सी’बीच प्रतिस्पर्धा भएको थियो। कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४–३ गोल अन्तरले सो खेल जितेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।