logo

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टले ४० लाख कित्ता आईपीओ जारी गर्ने,एलएस क्यापिटल बिक्री प्रबन्धक

    971   पटक पढिएको

१४ माघ/अर्थ र व्यापार – माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टले ४० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ४० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो।
कम्पनीले यसका लागि एलएस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। दुई कम्पनीबीच शुक्रबार सो सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टका अध्यक्ष सुनिलभक्त श्रेष्ठ र एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको माउन्टेन ग्लोरीले ८ वर्षदेखि माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गर्दै आएको छ । करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्ट ६४ कोठा सहितको हो।
आईपीओ जारी गरेपछि कोठा थपेर विदेशी होटलसँगको सहकार्यमा पाँचतारे स्तरको सुविधा उपलब्ध गराउने योजना रहेको सो कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो कपनीमा एसियन लाइफ इन्स्योरेन्सको लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।