logo

सर्वोत्तम सिमेन्टको आईपीओमा ७ गुणा बढी आवेदन

    750   पटक पढिएको


९ माघ/अर्थ र व्यापार – सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको आईपीओमा ७१ करोड २४ लाख ६७ हजार १२६ रुपैयाँबराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा सोमबार साँझसम्ममा ३० हजार ६४३ जना आवेदकले १९ लाख ७४ हजार १४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ७.३९ गुणा बढी आवेदन हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र सुनवल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दिकोट गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १, २ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नम्बर ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।
कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्ने भएको छ । बुक बिल्डिङ विधिबाट निष्कासन गर्न लागिएको सेयरको मूल्य प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाँडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १० माघमा बन्द हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।