logo

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ७ लाख ६८ हजार आवेदकलाई १० कित्ता सेयर

    1447   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुने ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कानस गर्ने सवीकृति पाएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी जम्मा मूल्य २३९ रुपैयाँ प्रतिकित्तामा साधारण सेयर निष्कास गर्न स्वीकृति पाएको हो ।
जसमध्ये ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ८० हजार कित्ता सेयर निष्काशन तथा बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेका ७६ लाख ८० हजार कित्ता साधारण सेयरका लागि कम्पनीले ३२ साउनदेखि ४ भदौसमम्म आवेदन माग गरेको थियो । सो अवधिमा आवेदन दिएका आवेदकलाई शुक्रबार सेयर बाँडफाँट भएको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरका लागि १४ लाख ६६ हजार ८६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६८ हजार आवेदकलाई १० कित्ताका दरले ७६ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ । अन्य आवदकले भने कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।