logo

एनआइसी एसियाको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

    2561   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार- एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत पद गत नौ महिनादेखि रिक्त थियो । लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए । त्यसअघि उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए ।

न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् । न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक समितिले चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनले कुबेर एण्ड कम्पनी तथा पिएल श्रेष्ठ कम्पनीजस्ता चार्टर्ड एकाउन्टेन्ट फर्ममा काम गरिसकेका छन् । तत्कालिन बैंक अफ एसियामा समेत काम गरेका न्यौपानेको पालामा बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँ पुगेको छ । बैंक अफ एसियामा उनले आन्तरिक लेखापरीक्षण विभाग प्रमुख भएर काम गरेका थिए । उनले  प्रमुख जोखिम अधिकृत भएर समेत काम गरेका थिए । 

नव नियुक्त प्रमुख कार्यकारी न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आईतवार नै अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले साना तथा मझौला क्षेत्रमा ऋण विस्तार गर्दै उत्पादनमूलक क्षेत्र लगानी गर्ने आफ्नो योजना सुनाए । उनले देशका सबै कुनाकाप्चामा पुगेर बैंकिङ सेवा उपलब्ध गराउन शाखा विस्तारलाई अझै बढाउने जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।