९ माघ / अर्थ र व्यापार- ग्लोबल आइएमइ बैंकले बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ । ढकाल तीन महिनाअघि मात्र ग्लोबल आइएमइ बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा भित्रिएका थिए ।
प्रमुख कार्यकारी अधिकृतबाट जनक शर्मा पौडेलले राजिनामा गरेपछि ढकाललाई कामु नियुक्त गरिएको हो । शर्माले बैंकबाट बिदा लिनुअघि आफ्ना कर्मचारीलाई इमेल लेख्दै ११ बर्षको अवधिमा पु¥याएको सहयोग प्रति धन्यवाद दिएका छन् ।
तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा गाभिएपछि त्यहाँ चिफ बिजिनेस अफिसर थिए । मेगा छाडेर ढकाल ग्लोबल आइएमई बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ढकालसंग नेपाल बैंकमा लामो समय काम गरेको अनुभव छ ।
तपाईको प्रतिक्रिया